वैशाखदेखि गोरखापत्रको विराटनगर संस्करण आउने

<span class='c1'>वैशाखदेखि गोरखापत्रको विराटनगर</span> <span class='c2'>संस्करण आउने</span>

शशिधर पराजुली, विराटनगर, पुस २६ गते । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आगामी वैशाख २४ गतेदेखि गोरखापत्रको विराटनगरसंस्कण प्रकाशित हुने जानकारी दिनु हुँदै त्यसका लागि सम्पूर्ण तयारी गर्न निर्देशन दिनुभएको छ । नेपालको पत्रकारिताको विकासमा लामो इतिहास भएको गोरखापत्रको विकासका लागि सरकारले जस्तोसुकै योगदान गर्न तयार रहेको बताउनुहुँदै मन्त्री बस्नेतले संस्थानले आफ्ना काममा प्रभावकारी ल्याउनु जरुरी रहेको बताउनुभयो । मन्त्री बस्नेतले गोरखापत्र संस्थानको विराटनगरस्थित निर्माणाधीन भवनको निरीक्षण गर्नुका साथै समाचारदाताहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो
बजारमा प्रतिष्पर्धा गर्न र क्षेत्रीय प्रकाशनमा जान स्रोत साधनको अभावभन्दा पनि व्यवस्थापकीय कमजोरी प्रमुख कारण रहेको भन्दै उहाँले व्यवस्थापन सुधार गरेर देशभरि विद्यमान समाचारदाताहरूको संयुक्त शक्तिमार्फत पत्रिकाको ख्याति बढाउनुपर्ने बताउनुभयो । उहाँले गोरखापत्र दैनिकमा जीवनको ऊर्जाशील समय व्यतित गरेर योगदान गरेकाहरूको हितमा निर्णय लिन पनि आग्रह गर्नुभयो ।
गोरखापत्र दैनिकको विराटनगरमा निर्माणाधीन कार्यालय तथा प्रेस भवनको करिब ७० प्रतिशत काम सम्पन्न भएको छ । करिब ७ करोड ५० लाख रुपियाँ लागतमा निर्माण भइरहेको भवन वैशाख २४ गतेभित्र हस्तान्तरण हुने र सोही मितिबाट विराटनगर प्रकाशन आरम्भ गर्ने तयारी संस्थानले थालेको छ ।

गोदाम घर, मेसिन घर, प्रशासनिक भवन, कर्मचारी आवास, सुरक्षा भवन लगायतका संरचनायुक्त कार्यालय फागुन १ गतेदेखि आंशिक सञ्चालनमा ल्याउने पहल थालिएको हो ।
सहरी विकास तथा भवन डिभिजन कार्यालयले विराटनगर १९ स्थित बैजनाथपुरमा निर्माण गरिरहेको सो भवन समयमै सम्पन्न गर्न मन्त्री बस्नेतले निर्देशन दिनुभयो । उहाँले आफ्नो ३१ बुँदे कार्यविवरणको १६औँ नम्बर बुँदामा विराटनगरबाट गोरखापत्र दैनिकको प्रकाशन आरम्भ गर्ने बुँदा उल्लेख गर्नुभएको थियो । उहाँले नै फागुन १ गतेबाट सोही भवनमा कार्यालय स्थापना गरेर आंशिक कार्य प्रारम्भ गर्न र वैशाख महिनाभित्र पूर्णरूपमा प्रकाशन अगाडि बढाउन निर्देशन दिनुभयो ।
उहाँले विराटनगर ४ मा रहेको संस्थानको ७ कठ्ठा १७ धुर जमिनको वर्तमान अवस्थाको अवलोकन गर्दै संरक्षणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन पनि जोड दिनुभयो ।
कार्यक्रममा संस्थानका अध्यक्ष गोविन्द पोखरेलले ंस्थानको विकासका लागि सहकार्य गरेर अगाडि बढ्न समाचारदाताहरूलाई आग्रह गर्नुभयो ।
संस्थानका महाप्रवन्धक वसन्तप्रकाश उपाध्यायले संस्थानलाई आधुनिक सञ्चार संस्थानका रूपमा विकास गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अब पुरानै शैलीबाट संस्थानको सञ्चालन र समाचारदाताहरूको सुस्त गतिबाट विकास सम्भव छैन, दुवै परिवर्तन हुन जरुरी छ । ’
गोरखापत्र दैनिकका प्रबन्ध सम्पादक श्रीधर आचार्यले समाचारदाताहरूको समाचारलाई बढीभन्दा बढी स्थान दिनका लागि प्रयास गरिएको जानकारी दिनुभयो । त्यस क्रममा प्रदेश १ र २ का विभिन्न जिल्लाबाट सहभागी समाचारदाताहरूले समयक्रमसँंगै दिगो सेवाको व्यवस्था गर्न माग गरेका थिए । उहाँहरूले समाचारदाताको रूपमा काम गर्दा भोग्नुपरेको समस्या तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयहरू व्यवस्थापन समक्ष राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्