माओवादी केन्द्रबाट सहभागी १६ जना मन्त्रीले राजीनामा दिने

माओवादी केन्द्रबाट सहभागी १६ जना मन्त्रीले राजीनामा दिने

काठमाडौँ,पुस २८ । शेरबहादुर देउवा नेतृत्वमा नेकपा माओवादी केन्द्रबाट सहभागी १६ जना मन्त्रीले राजीनामा दिने भएका छन् । माओवालीले एमालेसँग चुनावी गठबन्धन घोषणा गरेसँग बिनाविभागीय बनेका मन्त्रीहरुले राजीनामा दिने भएका हुन ।

वर्तमान सरकारमा नेकपा माओवादी केन्द्रबाट ७ मन्त्री र ९ राज्यमन्त्री सहभागी छन् । तत्कालिन कांग्रेस– माओवादी गठबन्धनमा बनेको सरकारमा माओवादी कोटाबाट मन्त्री बनेकाहरुले विना विभागीय भएको लगभग तीन महिनापछि मात्र राजीनामा दिन लागेका हुन । असोज १७ गते तत्कालिन प्रमुख प्रतिपक्षी दल एमालेसँग नेकपा माओवादी केन्द्रले चुनावी गठबन्धन बनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीबाट मन्त्री बनेकाहरुलाई विनाविभागी बनाउनु भएको थियो ।

माओवादीले बिहीबार नै राजीनामा बुझाउने तयारी गरेका थिए । तर, सर्वजनिक बिदा परेकाले शुक्रबार मात्र राजीनामा बुझाइने मन्त्री शिवकुमार मण्डलले जानकारी दिनु भएको छ । माओवादी केन्द्रबाट सरकारमा ९ मन्त्री र ७ राज्यमन्त्री गरी १६ जना बिनाविभागीय मन्त्रीका सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्