कटहरीमा बसोबास गरिरहेका सुकुम्बासीले खाली जग्गामा घरबासका मिलाइदिन आग्रह

<span class='c1'>कटहरीमा बसोबास गरिरहेका सुकुम्बासीले खाली</span> <span class='c2'>जग्गामा घरबासका मिलाइदिन आग्रह</span>

विराटनगर।  विगत तीन पुस्तादेखि कटहरी गाउँपालिका वडा नं १ मा बसोबास गरिरहेका सुकुम्बासीले अन्य खाली जग्गामा घरबासका लागि आफूहरुको व्यवस्था गराउनुपर्ने सम्बन्धित निकायसँग माग गरेका छन् ।

उनीहरुले शनिबार पत्रकार सम्मेलन गरी कटहरी गाउँपालिका तथा वडा नं १ को कार्यालयले आफूहरु बसिरहेको घर टहरा हटाउन सूचना जारी गरेकामा समेत आपत्ति जनाएका छन् ।  विगत तीन पुस्तादेखि उक्त स्थानमा बसिरहेकामा गत साउन महिनामा आएको बाढीले घर डुबान तथा कृषि बजार निर्माण गर्न उक्त जग्गामा बाटो निर्माण भएकाले सो स्थान छाडी छेउका नारी विकास संघ झम्टोकी पछाडिको खाली पर्ती जग्गामा एक महिना अगाडि बसोबास गरेको पत्रकारलाई बताएका छन् ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का जिल्ला सदस्य मोहम्मद अब्जलले सुकम्बासीलाई अन्य खाली जग्गा व्यवस्था गरेमा उक्त जग्गा खाली गर्ने बताउनुभयो । उक्त एलानी जग्गा मसानघाट रहेको सो क्षेत्रमा १५ घर परिवारका करिब ६० जना अत्यन्त गरिब मुस्लिम परिवार बसोबास गरिरहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्