थारु समुदायको ठूलो पर्व माघी सुरु

<span class='c1'>थारु समुदायको ठूलो</span> <span class='c2'>पर्व माघी सुरु</span>

काठमाडौँ,पुस ३० । थारु समुदायको ठूलो पर्व माघी सुरु भएको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । यो पर्वका अबसरमा थारु समुदाय गाउँका महतवाको घरमा जम्मा भएर वर्ष भरिको योजना बनाउने परम्परा रहेको छ ।

माघिको आन्तरिक तयारी एक हप्ता अघिबाट सुरु गरिए पनि माघिको अघिल्लो दिन पुस २९ गते मासुको जोहो गरेर औपचारिक रुपमा माघिको सुरुवात गर्ने गर्दछन् । उनीहरुले रातभर मघौटा र ढुम्रा गित गाएर मनाउने गर्छन । रातभर ढुम्रा गाएका थारु समुदाय विहान सबेर नजिकैको नदी तालमा पुगेर विधिअनुसार स्नान गरि घर फर्किने गर्छन् । स्नान गरेर घर फर्किएपछि उनीहरुले छोरी चेलीका लागि निसराउ तयार गर्दछन् । चामल, नुन, उर्द लगायतको एक प्रकारको कोसेलीलाई निसराउ भन्ने चलन छ ।

निसराउ तयारपछि ठुला बडासँग ढोग भेट गरि माघि मनाउने गरिएको हो । माघि पर्व बिशेष गरि दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु समुदायले मनाउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्