पिकअप दुर्घटनामा गाउँपालिका वडा अध्यक्ष सहित ५ जनाको मृत्यु

<span class='c1'>पिकअप दुर्घटनामा गाउँपालिका वडा अध्यक्ष</span> <span class='c2'>सहित ५ जनाको मृत्यु</span>

विराटनगर ३० पुष । संखुवासभाको मकालु गाउँपालिकास्थित पाथीभराको समाटारमा बा ५ च १३०९ नम्बरको जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्षसहित ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, स्थानीय एमाले नेता सुरेश राई, जिल्ला समन्वय समिति संखुवासभाका अधिकृत सुवास कुईंकेल, पुनःनिर्माण कार्यालयका इन्जिनियर अर्जुन बस्नेत, सुदिप ढकाल र चालकसमेत छन् । मकालु गाउँपालिका वडा नम्बर(३ स्थित समाटारको घुम्तिमा दुर्घटना भएको उक्त जिप ५ सय मिटर तल अरुण नदीको बगरमा खसेको स्थानीयवासीले बताएका छन् । दुर्घटनामा परेका ६ जनाको शव क्षत(विक्षत अवस्थामा भेटिएको स्थानीयको भनाइ छ ।

संखुवासभा जिल्लाको भोटखोला गाविसस्थित गोलामा भोलि माघ १ गते भुकम्प सम्बन्धि एकदिने अनुशिक्षण कार्यक्रमका लागि आएको टोली त्यसतर्फ जाने क्रममा दुर्घटनामा परेको बताइएको छ । सवारी चालकको नाम भने खुल्न सकेको छैन । दुर्घटनामा भुकम्पीय आवास पुनस्निर्माण आयोजना काठमाडौंबाट आएको जिप दुर्घटनामा परेको बताइएको छ । प्रहरी घटनास्थलमा पुगी दुर्घटनाबारे छानबिन सुरु गरेको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट कम्तिमा ७० किलोमिटर उत्तरमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्