उत्कृष्ट ऋण कारोबार गर्ने बराईली सम्मानित

<span class='c1'>उत्कृष्ट ऋण कारोबार गर्ने</span> <span class='c2'> बराईली सम्मानित</span>

विराटनगर, ३० पुस । मोरङको कानेपोखरी गाउँपालिका ६ मा रहेको सुनकोसी बचत तथा ऋण सहकारी संस्थाले वर्षभरीमा उत्कृष्ट ऋण करोबार गर्ने बराईली सुनचादी पसलका सञ्चालक खगेन्द्र बराईलीलाई सम्मान गरेको छ ।
सहकारीको आइतबार भएको १८ औं वार्षिक साधरण सभाको अवसर पारेर बराईलीसँगै अन्यलाई सम्मान गरेको हो । बराईलीले वर्षभरीमा उत्कृष्ट कारोबार र ऋण लिएको पैसाँ समयमै बुझाएको भन्दै सहकारीले सम्मान गरेको हो ।
सुनकोशी बचत तथा ऋण सहकारी संस्था लि. आर्थिक वर्ष २०७३÷०७४ मा ६ लाख १६ हजार ८ सय ७७ रुपैयाँ नाफा कमाएको छ । सहकारीका अध्यक्ष भक्ति भट्टराईका अनुसार सहकारीको कुल पूजी १ करोड ८६ लाख ९६ हजार १ सय २ रुपैयाँ रहेको छ भने सेयर पूजी ३५ लाख ५१ हजार ८ सय १० रुपैयाँ रहेको छ ।
सोही अवसरमा उत्कृष्ट नियमित बचत करोबार गर्ने कुमार मगर, दुर्गादेवी नेपाल, उत्कृष्ट बाल बचत कर्ता सुनिता दाहाल, उत्कृष्ट विशेष बचत कर्ता मनमाया कार्की, उत्कृष्ट दैनिकी बचत कर्ता इनद्रमाया लिम्बु, सन्जय सिंह र जेष्ठ सदस्य उदयपबहादुर थापा, योगमाया लुईटेललगायतलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्