थारु समुदायले माघी महत्सोव २०७४ भव्य रुपमा गर्ने तयारी

<span class='c1'>थारु समुदायले माघी महत्सोव २०७४</span> <span class='c2'>भव्य रुपमा गर्ने तयारी</span>

बिराटनगर ३० पुष । थारु समुदायले आफनो मुख्य पर्वको अवसर पारेर मोरङको ग्रामथान गाँउपालिको तेतरियामा माघी महत्सोव २०७४ भव्य रुपमा गर्ने भएको छ ।
थारु महिला सभा जिल्ला कार्य समिति मोरङको आयोजामा आगामी माघ–६ गते माघी महोत्सव गर्न लागेको हो । थारु महिलासभाले विराटनगरमा आईतबार पत्रकार सम्मेलन गरी महोत्सववारे जानकारी गराएको हो । महोत्सवमा थारु समुदायको खाना परिकार, आफनो सस्कृति झल्कने झाकी, नृत्य समेत गरिने भएको महिलासभाकी अध्यक्ष कल्पना चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिईन् ।
यसैगरी महोत्समा थारु समुदायको परिकार चिछोरी भात, वगिया, भक्का , तिलको लडु, घुङि, झुना माछा तथा परेवा साथै हासको मासु लगायत विभिन्न परिकार राखिने अध्यक्ष चौधरीले जानकारी दिईन् ।
महोत्सवमा मोरङ क्षेत्र न ४ का प्रतिनिधिसभा सदस्य अमनलाल मोदी थारु , प्रदेसभा सदस्य विजय विश्वास, चुमनारायण तवदारलाई सम्मान गरिने आयोजकले जनाएको छ । महोत्सव विषेशगरी थारु भाषाको पौराणिक गित, नृत्य प्रस्तुति गरिने भएको छ । यसैगरी महोत्सवम मगरसंघले मगरहरुको हुरानाच समेत प्रर्दशन गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्