राष्ट्रियसभा निर्वाचनमा उमेदवारले ३ लाख ५० हजार मात्रै खर्च गर्न पाउने

<span class='c1'>राष्ट्रियसभा निर्वाचनमा उमेदवारले ३ लाख ५०</span> <span class='c2'>हजार मात्रै खर्च गर्न पाउने</span>

काठमाडौं  । निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने उमेदवारहरूले निर्वाचनको प्रचार प्रसारको क्रममा खर्च गर्न पाउने अधिकतम सीमा तोकेको छ ।उमेदवारले जम्मा ३ लाख ५० हजार तोक्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ ।

मतदाता नामावली खरिद, सवारी साधन, सवारी इन्धन, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी, कार्यालय सञ्चालन लगायतमा गरी ३ लाख ५० हजार मात्रै खर्च गर्न पाउने भएको छ ।

यसैगरी, आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि ‘अल्पसंख्यक समुदाय’ तोकी अविलम्ब  नेपाल राजपत्रमा सूचना प्रकाशनसमेत गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयसँग आग्रह गरेको छ ।

त्यसैगरी आयोगले मनोनयनको औपचारिक  पत्र प्रदान गर्ने पदाधिकारीको आधिकारिक दस्तखत नमुना २०७४ माघ ३ गतेसम्ममा निर्वाचन आयोग, कान्तिपथ काठमाडौंमा पठाइसक्न राजनीतिक दलहरुलाई आग्रह गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्