लिबियाको विमानस्थलमा सुरक्षाकर्मी र लडाकुबीच भएको झडपमा ९ जनाको मृत्यु

<span class='c1'>लिबियाको विमानस्थलमा सुरक्षाकर्मी र लडाकुबीच</span> <span class='c2'>भएको झडपमा ९ जनाको मृत्यु</span>

जेलमा रहेका आफ्ना समर्थकहरुलाई छुटाउन भन्दै लडाकूहरुले विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्षका बीचमा झडप भएको अधिकारीहरुले बताएका छन् ।

मिटिगा विमानस्थलमा आक्रमण भएर झडप भएपछि विमानस्थल खाली गराइएको थियो । मारिएका मध्ये कति जना लडाकूतर्फका छन् र कति जना आम नागरिक छन् भन्ने बारेमा खुल्न सकेको छैन ।

केन्द्रीय सरकारका स्वास्थ्य मन्त्रीले फेसबुक मार्फत् ९ जनाको मृत्यु भएको पुष्टि गर्नुभएको हो । घटनामा परी घाइते भएकाहरुको संख्याका बारेमा भने स्पष्ट जानकारी आएको छैन ।

मिटिगा विमानस्थल त्रिपोलीबाट पूर्वतर्फ पर्दछ । यो आम नागरिकले प्रयोग गर्ने अन्तर्राष्ट्रिय विमानस्थल हो ।

जहाँ सन् २०१४ मध्यतिर विद्रोही लडाकूहरुले आक्रमण गर्दा भएको झडपपछि पुरै क्षति पुगेको थियो ।

उत्तर अफ्रिकी मुलुक लिबियामा लामो समय मोहमर गद्दाफीले तानाशाही शासन व्यवस्था लागु गर्नुभएको थियो । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्