११२ मा डायल गर्दा एम्बुलेन्समा फोन जाने व्यवस्था गरिँदै

<span class='c1'>११२ मा डायल गर्दा एम्बुलेन्समा</span> <span class='c2'>फोन जाने व्यवस्था गरिँदै</span>

काठमाडौं । सरकारले एम्बुलेन्स सेवाका लागि देशभर एउटै टेलिफोन नम्बरको प्रयोगका लागि प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स निर्देशका २०७३ कार्यान्वयन गरेर यो व्यवस्था गर्न लागेको हो ।

मन्त्रालयले ११२ नम्बरमा फोन गर्दा एम्बुलेन्स सेवामा फोन जाने गरी प्रक्रिया अघि बढाएको छ । एम्बुलेन्स सञ्चालन निर्देशिकामा एम्बुलेन्स सञ्जाल तथा ट्रयाकिङअन्तर्गत एउटै क्षेत्रमा सेवा पुर्याउने गरी एकभन्दा बढी एम्बुलेन्स सञ्चालनमा रहेको अवस्थामा सबै एम्बुलेन्सलाई एउटै सञ्जालमा आबद्ध हुने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । एम्बुलेन्स सञ्जालका लागि मन्त्रालयमा एक केन्द्रीय ‘डिस्प्याच सेन्टर’ रहने र आवश्यकताअनुसार अन्य स्थानमा पनि त्यस्ता सेन्टर रहन सक्ने निर्देशिकामा उल्लेख छ । त्यस्तो ‘डिस्प्याच सेन्टर’ सञ्चालनका लागि आकस्मिक उपचार वा एम्बुलेन्स सेवाको क्षेत्रमा ज्ञान र अनुभव भएको संस्थासँग सञ्चालन साझेदारी गर्नुपर्नेछ ।

निजी क्षेत्रबाट सञ्चालित एम्बुलेन्सको हकमा काठमाडौँ उपत्यकाभित्र १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स सेवा लिन सकिने व्यवस्था गरिएको छ । स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा मेडिकल टिम्स इन्टरनेशनल (एमटिआइ) नेपालको सहयोगमा धादिङमा परीक्षणका रुपमा ११२ नम्बरलाई एम्बुलेन्सको नम्बरको रुपमा प्रयोग गर्ने योजना बनाएको मन्त्रालयका सहसचिव डा. भोलाराम श्रेष्ठले बताए । उनले भने, “सो नम्बरका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको छ र दूरसञ्चार प्राधिकरणसँग छलफल भइरहेको छ ।”

यसैगरी एम्बुलेन्सको वर्गीकरण खुल्ने गरी ‘क’ वर्गका लागि बाहिर देखिने भाग कम्तीमा दुई तिहाइ भाग रातो, ‘ख’ वर्गका लागि पहेँलो भाग दुई तिहाइ हुनुपर्ने र ‘ग’ वर्गका लागि हरियो हुनपर्ने तोकिएको छ । एम्बुलेन्स निर्देशिकाले चालकका हकमा कम्तीमा २५ वर्ष पूरा भएको, चालकका रुपमा न्यूनतम पाँच वर्ष काम गरेको, राष्ट्रिय आकस्मिक उपचार समन्वय समितिले तोकेबमोजिमको प्राथमिक उपचारको तालिम लिएको हुनुपर्ने व्यवस्था गरेको छ । तर यो पूर्णरुपमा कार्यान्वयनमा भने आउन सकेको छैन ।

यसअघि प्रहरीलाई फोन गर्नुपरे १००, दमकललाई १०१, ट्राफिक प्रहरीलाई १०३, बालबालिका हराए १०४ र फोन नम्बरबारे जानकारी लिन १९७ नम्बर प्रयोग हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्