मोरङको दुई स्थानमा सवारी दुर्घटना , तीनको मृत्यु

<span class='c1'>मोरङको दुई स्थानमा सवारी</span> <span class='c2'>दुर्घटना , तीनको मृत्यु</span>

विराटनगर, माघ ३ गते।मोरङको छुट्टा छुट्टै दुई स्थानमा मंगलबार भएको सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ।

मोरङको सुनबर्सी नगरपलिका-६ भित्री सडक खण्डमा बेलुका ८ बजेतिर को २९ प ३६५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सुनबर्सी नगरपालिका- ८ बस्ने २१ बर्षिय दिपक कामत र पछाडी सवार अन्दाजी २१ बर्षिय बालकृष्ण मण्डलको घटनास्थलमानै मृत्यु भएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ। यस्तै कानेपोखरी गाउँपालिका-२ थानटोली स्थित भित्री सडक खण्डमा को २ प ५१४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक कानेपोखरी गाउँपालिका-३ बस्ने अन्दाजी ५५ बर्षिय जितन चौधरीको मृत्यु भएको छ।

बेलुका ९ बजेतिर भएको उक्त दुर्घटनमा गम्भिर घाइते चौधरीको रमाईलो स्थित डाईनेष्टिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जानएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्