दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्ष कैद सजाय सुनायो

<span class='c1'>दीपक मनाङेलाई सर्वोच्च अदालतले ५</span> <span class='c2'>वर्ष कैद सजाय सुनायो</span>

काठमाडौं । सांसद दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्ष कैद सजाय हुने पाटन अदालतको फैसला सदर गरेको छ । मंगलबार न्यायाधीशहरु दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको इजलासले पुरानो फैसला सदर गरेपछि मनाङे अब जेल जानुपर्ने भएको छ ।

२०६१ सालमा चक्रेमिलन लगायत समूहलाई दीपक मनाङे समूहले खुकुरी प्रहार गर्दै चक्रे मिलनको हात काटिदिएको थियो । उपचारपछि चुडिएको उनको हात जोडिएको थियो । उक्त घटनाको उजुरी जिल्ला हुँदै सर्वोच्चमा पुगेको थियो ।

सर्वोच्च अदालतले पाटन अदालतको फैसलालाई नै सदर गर्दै मनाङेलाई ५ वर्षको जेल सजाय सुनायो भने अन्य चार जनालाई सफाई दियो ।  दीपकसहित उक्त मुद्दाका रेवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामा लगायतले भने सफाइ पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्