साढे ३३ किलो सुन तस्करी गर्ने गिरोहका एक प्रमुख पक्राउ

<span class='c1'>साढे ३३ किलो सुन तस्करी</span> <span class='c2'>गर्ने गिरोहका एक प्रमुख पक्राउ</span>

काठमाण्डौ,माघ ३ । गत वर्षअघि विमानस्थलबाटै साढे ३३ किलो सुन तस्करी गर्ने गिरोहका एक प्रमुख अभियुक्तलाई सिआईबीले पक्राउ गरेको छ । बिशालबजारस्थित सालिमार ज्वेलर्सका संचालक राहुल गोयललाई प्रहरीले मुख्य अभियुक्तको रुपमा पक्राउ गरेको हो ।

भारतीय नागरिक गोयललाई गैरीधाराबाट प्रहरीले पक्राउ गरेको हो । गत वर्ष पुस २१ गते सिआईबीले विमानस्थलबाट कर्मचारीको सेटिङमा तस्करी गरिएको ३३ किलो ५ सय ७७ ग्राम सुन बरामद गरेको थियो। जून घटनामा प्रहरीले ३३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जून मुद्दामा गोयल फरार रहदै आएका थिए। प्रहरीले बरामद गरेको साढे ३३ किलो सुनमा उनको समेत लगानी रहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले एयर अरेवियाको जहाजबाट युएइ हुदैँ काठमाडौं आएका गोपाल बहादुर शाहीको साथबाट सो सुन बरामद गरेको थियो । २ सय ४४ वटा १० तोलाको विस्कुट बरामद भएको छ। त्यस्तै १८ वटा सिक्री र १९ वटा औंठी बरामद गरेको थियो । सुन लिएर आउने शाही र सुन लिन विमानस्थल पुगेका २ जना दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्