अब दैनिक २ घन्टा मात्र लोडसेडिङ

<span class='c1'>अब दैनिक २</span> <span class='c2'>घन्टा मात्र लोडसेडिङ</span>

अब साताको ६ दिन दैनिक २ घण्टा मात्र लोडसेडिङ हुने भएको छ । यसअघि दैनिक ४ घण्टाका दरले लोडसेडिङ हुदै आएकोमा आज देखि त्यसको आधा अर्थात २ घन्टा मात्र लोडसेडिङ हुने भएको हो । नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुनेगरी लोडसेडिङको नया तालिका र्सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार साताको एक दिनभने लोडसेडिङ हुने छैन । मनसुनी वर्षासुरु भएसंगै नदी र जलासयहरुमा पानीको बहाब बढेकाले विद्युत उत्पादनमा बृद्धी भएपछि लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ । यसैबिच नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका लागि जारी गरेको सूचना अनुसार योग्य उम्मेदवारको दरखास्त नपरेको भन्दै उर्जा मन्त्रालयले फेरि अर्को सूचना निकालेको छ । यसअघि नियुक्तीका लागि निवेदन दिएका कसैको प्रस्ताव पनि उपयुक्त नभएपछि मन्त्रालयले आज फेरि विज्ञापन गरेको हो । गत जेठ ३१ गते खोलिएको विज्ञापनमा १३ जनाको आवेदन परेकोमा कसैको पनि प्रस्ताव उपयुक्त नदेखिएको बताइएको छ । मन्त्रालयले फेरि १५ दिनको म्याद दिएर विज्ञापन गरेको छ । यस अघि आवेदन दिएका १३ मध्ये कोही पनि प्राधिकरण सुधार्ने क्षमता र योग्यता नदेखिएको कार्यदल श्रोतको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्