ट्र्याक्टर दुर्घटनामा भारतीय तीर्थयात्रुको मृत्यु

<span class='c1'>ट्र्याक्टर दुर्घटनामा भारतीय</span> <span class='c2'>तीर्थयात्रुको मृत्यु</span>

नवलपरासी, ४ माघ : नवलपरासीको त्रिवेणीधामको माघे औंसी मेलामा भारतीय तीर्थालु बोकेर आउँदै गरेको ट्र्याक्टर मंगलबार दुर्घटना हुँदा एकजना भारतीयको मृत्यु भएको छ भने अन्य १५ जना तीर्थालु घाइते भएका छन् ।

नवलपरासीको बर्दघाट सुस्ता पूर्व–त्रिवेणीधाममा लागेको माघे औँसी मेलामा तीर्थालु बोकेर आएको युपी ५३ बी क्यू ०४२० नंको ट्र्याक्टर विनयी त्रिवेणी गाउँपालिका–६ को तटियाखोलामा पल्टिएको थियो ।

ट्र्याक्टर पल्ँिटदा चालक भारत गोरखपुरका साधु केबटको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेका सबै भारतको गोरखपुरका बासिन्दा हुन् ।

भारतको गोरखपुरबाट माघे औँसीका अवसरमा त्रिवेणीधाममा नुहाउन र पूजाआजा गर्न आएका तीर्थालु चढेको ट्र्याक्टर पल्टिदा सो दुर्घटना भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्