बिपन्न बर्गका बिद्यार्थी तथा सुत्केरी महिलालाई न्यानो कम्बल बितरण

<span class='c1'>बिपन्न बर्गका बिद्यार्थी तथा सुत्केरी</span> <span class='c2'>महिलालाई न्यानो कम्बल बितरण</span>

मोरङ, माघ ४ गते। जिल्ला प्रहरी कार्यालय मोरङ तथा सामुदायिक सेवा केन्द्र तिनपैनीको सक्रियतामा गोरधनदास कमलावती परोपकारी प्रतिष्ठानको सहयोग स्वरूप प्राप्त १०० थान न्यानो कम्बल बिहीबार दिउँसो बितरण गरेको छ।

उक्त कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक अरूण कुमार बि.सी.ले बिराटनगर १४ स्थित गुरुकुल माध्यामिक बिद्यालय आर्यनगर जतुवाका गरिब, विपन्न वर्गका बिद्यार्थी तथा गाउँका गरिब सुत्केरी महिलाहरूको पहिचान गरी न्यानो कम्बल बितरण गर्नु भएको हो।

दिनदिनै बढ्दै गईरहेको चिसो र शितलहरबाट प्रभावित भएका गरिब, बृद्धबृद्धा, सुत्केरी महिला तथा बिद्यार्थीहरूको पहिचान गरी प्रहरीको सक्रियतामा बिभिन्न संघ-संस्था तथा ब्यक्तिहरूको सहकार्य र सहयोगमा जिल्लाका बिभिन्न स्थानहरूमा हाल सम्म ३ हजार ५ सय ४३ थान कम्बल बितरण गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्