दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

<span class='c1'>दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३</span> <span class='c2'>सेल अश्रुग्यास प्रहार</span>

डोटी । सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन शुरु भएको छ ।

क्षेत्रीय प्रशासन कार्यालय दीपायललगायत अन्य क्षेत्रीय कार्यालयमा ढुंगामुढ, तोडफोड र आगजनी गर्न थालेपछि आज प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै १३ सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ ।

दोहोरो झडपमा परी चार जना आन्दोलनकारी, पाँच जना नेपाल प्रहरी र चार जना सशस्त्र प्रहरीका जवान घाइते भएको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।

घाईतेमध्ये दीपायल सिलगढी नगरपालिका– ४ का भरत विकको अवस्था गम्भीर भएकाले उपचारका लागि उनलाई धनगढी पठाइएको छ ।

यस्तै केआइसिंह– ७ का वृद्ध करी भण्डारी, दीपायल सिलगढी नगरपालिका– १ का नारायण खड्का र पुष्कर द्वारिया घाइते छन् । उनीहरुको दीपायलस्थित सुजंग अस्पतालमा उपचार भइरहेको छ ।

अन्य दर्जनौँ मानिसलाई चोटपटक लागेको छ । हजारौंको संख्यामा आएको आन्दोलनकारीको भीडमा बढीजसो महिला छन् । आक्रोशित आन्दोलनकारीले तीन वटा प्रहरी बिट र सडक कार्यालयको टिपरमा समेत तोडफोड गरेका छन् । अहिले डोटीको स्थिति निकै तनावपूर्ण छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्