नेपालका युवा स्पिनर सन्दिप आइपिएल अक्सनमा छनोट

<span class='c1'>नेपालका युवा स्पिनर सन्दिप</span> <span class='c2'>आइपिएल अक्सनमा छनोट</span>

काठमाडौँ । नेपाली युवा स्पिनर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको अक्सन (बोलकबोल) सूचीमा परेका छन् । आइपिएलले शनिबार सार्वजनिक गरेको अक्सनमा पर्ने खेलाडीको सूचीमा क्रिकेटर सन्दिप अटाएका हुन् ।

आगामी अप्रिलमा हुने आइपिएलको लागि अक्सनमा ५७८ खेलाडी परेका छन् । जसमा सन्दिप २७६ औं स्थानमा रहेका छन् ।  अन क्याप्ड सूचीमा रहेका सन्दीप एसोसियटतर्फबाट अक्सनमा छानिएका हुन् ।

अक्सनमा यु – १९ क्रिकेट टोलीका पुर्व कप्तान समेत रहेका सन्दिपको बेस प्राइस २० लाख भारतीय रुपैयाँ रहेको छ ।  अक्सनको लागि छनोट भएकामध्ये ३६० भारतीय खेलाडी रहेका छन् ।  ११ औं संकरणको आइपिएलको अक्सन जनवरी २७ र २८ मा हुनेछ । आइपिएल अप्रिल ४ देखि मे ३१ सम्म हुने छ ।

नेपाली टोलीको नियमित सदस्य सन्दीप यसअघि बंगलादेशको घरेलु लिगको ड्राफ्ट र  पाकिस्तान सुपर लिगको अक्सनमा परेका थिए । तर, सन्दिपलाई अक्सनमा कुनैपनि क्लबले किनेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्