१० औं राष्ट्रिय सफ्ट टेनिस सम्पन्न, प्रतियोगितामा मध्यमाञ्चलको जित

<span class='c1'>१० औं राष्ट्रिय सफ्ट टेनिस</span> <span class='c2'>सम्पन्न,  प्रतियोगितामा मध्यमाञ्चलको जित</span>

विराटनगर, ८ माघ÷ विराटनगरमा जारी १० औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको सोमबार सम्पन्न भएको छ ।
सोमबार सम्पन्न भएको प्रतियोगितामा मध्यमाञ्चलले ३ सर्वण, २ रजत र ३ कायस्कासाथ प्रथम भएको छ भने पूर्वाञ्चलले ३ सर्वण, १ रजतका दोस्रो स्थानमा चित्त बुझायो । त्यस्तै मध्यपश्चिमाञ्चलले १ रजत र २ कास्यका साथ तेस्रो भएको छ ।

सामबारै भएको फाइनलमा पुरुष डबलमा पूर्वाञ्चलका यूकेश यञ्जन र आशिष बोहराको जोडिले मध्यमाञ्चलका प्रदिप खत्री र व्रिजेश पाण्डेका जाडिलाई ५–२ को सेटले पराजित गरी उपाधि हात पारेको छ ।

त्यस्तै टिम इभेन्ट्समा पूर्वाञ्चलले मध्येमाञ्चललाई ३–३ को सेटले पाराजित गरि उपाधि हात पारेको छ भने पश्चिमाञ्चल र मध्यमाञ्चलले तेस्रो स्थानमा चित्त बुझाएको छ । माघ ४ गतेदेखि शुरु भएको प्रतियोगितामा पूर्वाञ्चल, सुदुरपश्चिमाञ्चल, पश्चिमाञ्चल, मध्यमाञ्चल, मध्येपश्चिमाञ्चल र एपिएफ गरि ८२ जना खेलाडिहरु सहभागि रहेका थिए ।
विजयी खेलाडिहरुलाई पूर्वाञ्चल खेलकुद विकाश विकाश समितिका अध्यक्ष रविन नगरकोटीले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्