लागूऔषधसहित बिराटनगरबाट एक पक्राउ

<span class='c1'>लागूऔषधसहित बिराटनगरबाट</span> <span class='c2'>एक पक्राउ</span>

मोरङ, माघ ९। मोरङको बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले सोमबार अपरान्ह लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो बराटनगरबाट खटिएको टोलीले सुनसरी बराह नगरपालिका ७ बस्ने २१ बर्षिय सनम बिश्वकर्मालाई अपरान्ह साढे ४ बजे लागूऔषधसहित पक्राउ गरेको हो।

बिश्वकर्मालाई भारतबाट को ९ प २८९४ नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेको अबस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा मोटरसाईकलको सिटमुनी लुकाई छिपाई ल्याउँदै गरेको लागूऔषध एभिल १ सय एम्पुल, लुपिजेसिक १ सय एम्पुल, डाईजेल्याव १ सय एम्पुल, नाईट्रोसन ट्याब्लेट ४ चक्की, स्पास्मोप्रोक्सिभन ८ चक्की र डाईलेक्स डि.सी. १ बोतल फेला पारी बरामद गरेको हो।

बरामद लागूऔषध सहित बिश्वकर्मालाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको ब्यूरो प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्