विराटनगर, ९ माघ , हिसान मोरङको आयोजनामा ८ औं हिसान इस्लिंगटन स्पोर्टस् मिट विराटनगरमा सुरु गरिएको छ ।
सोमबार विराटनगर महानगरपालिका मेयर भीम पराजुली क्रिकेट खेलेर प्रतियोगिताको उद्घाटन गरी इस्लिंगटन हिसान स्पोर्ट्स मिट सुरु भएको हो ।सोमबार भएको क्रिकेट खेलमा विराटनगरको कान्तिपुर इन्टरनेसनल कलेज विजयी भएको छ । कान्तिपुर कलेज सेमिफाइलनमा प्रवेश गरेको छ ।कान्तिपुर इन्टरनेसनल कलेजले अर्किड कलेजलाई ४ विकेटले पराजित गरेको थियो ।
टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १ सय ३ रन बनाउन सक्यो । १ सय ४ रनको विजयी लक्ष्य पाएको कान्तिपुरले १७ दशमलव २ बलमा ६ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो । खेलको म्यान अफ द म्याच कान्तिपुरका अजय यादवले सार्वाधिक ४० रन बनाएका थिए ।
प्रतियोगिताको मंगलबारको पहिलो क्रिकेट खेल लर्डबुद्ध र ग्रीनल्याण्ड कलेज तथा दोस्रो खेल अरनिको कलेज र मोर्डन एरा कलेज विच प्रतिस्पर्धा हुनेछ । आज दिउसो सहिद मैदानमा फुटबल खेल पनि सुरु हुने छ ।
माघ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १ हजार ३ सय ८४ विद्यार्थी खेलाडि सहभागि हुने हिसान मोरङका अध्यक्ष बलराम पन्तले जानकारी दिए । प्रतियोगितामा क्रिकेट, भलिबल, फुटबल, टेवल टेनिस, दौड र बास्केटबलखेलहरु समावेश गरिएको छ ।