राष्ट्रियसभा निर्वाचनका लागि आज सात वटै प्रदेशमा मनोनयन दर्ता गरिँदै

<span class='c1'>राष्ट्रियसभा निर्वाचनका लागि आज सात</span> <span class='c2'>वटै प्रदेशमा मनोनयन दर्ता गरिँदै</span>

मनोनयन दर्ताका लागि आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।

माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराउन सक्ने छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको राष्ट्रिय सभा निर्वाचन कार्यतालिका अनुसार प्रदेश नम्बर १ को मोरङको विराटनगर, प्रदेश नम्बर २ को धनुषाको जनकपुरधाम, प्रदेश नम्बर ३ को ललितपुर, प्रदेश नम्बर ४ को कास्कीको पोखरा, प्रदेश नम्बर ५ को दाङ, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।

मनोनयन दर्ताका लागि उम्मेदवारहरुले नागरिकताको प्रतिलिपी, मतदाता नामावलीमा नाम समावेश गरिएको निस्सा, सरकारी कर्मचारी भए राजीनामा स्वीकृत भएको पत्र, १० हजार रुपैयाँ धरौटी तिरेको रसिद र दलीय उम्मेदवार भए आधिकारिक ब्यक्तिको हस्ताक्षरसहितको पत्र पेश गर्नुपर्ने प्रावधान छ ।

मनोनयन दर्ताका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारको विरोधमा भोलि उजुरी दिन सकिने छ भने उक्त उजुरीमाथि छानबीन गरी १४ गते निर्वाचन कार्यालयले नामावली प्रकाशित गर्ने, सोही दिन उम्मेदवारी फिर्ताका लागि समय दिइने छ र १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने छ ।

मतदान भने माघ २४ गते १० देखि ३ बजेसम्म हुनेछ । राष्ट्रिय सभाको निर्वाचनका लागि गाउँ, नगर, महानगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाको सांसद मतदाता रहनेछन् ।

स्थानीय तहका प्रमुख÷उपप्रमुख १ हजार ५ सय ६ तथा प्रदेश सभाका ५ सय ५० गरी २ हजार ५६ जना मतदाता रहेका छन् ।

निर्वाचन प्रयोजनका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्