पानी अभावमा प्रसूति सेवा एक वर्षदेखि बन्द

<span class='c1'>पानी अभावमा प्रसूति सेवा</span> <span class='c2'>एक वर्षदेखि बन्द</span>

बैतडी, माघ १० गते । बैतडीको पुर्चौंडी नगरपालिका–९ मा रहेको तल्लादेही स्वास्थ्यचौकीमा पानीको अभावमा प्रसूति सेवा बन्द भएको छ । एक वर्षदेखि स्वास्थ्य संस्थामा आउने पानी बन्द भएपछि प्रसूति सेवा पनि बन्द भएको स्वास्थ्यचौकीका अनमी जानकी बोहराले बताउनुभयो ।

“एउटी आमाले बच्चा जन्माइसकेपछि सरसफाइका लागि कम्तीमा ५० लिटर पानीको आवश्यकता पर्दछ”, उहाँले भन्नुभयो, “स्वास्थ्यचौकीमा आउने पानीको व्यवस्थापन गर्न नसक्दा स्वास्थ्यसंस्थामा पानीको अभाव भयो र त्यसपछि बाध्य भएर प्रसूति सेवा बन्द ग¥यौँ ।”

स्वास्थ्यचौकीमा प्रसूति सेवा बन्द भएपछि गर्भवती महिला घरमै बच्चा जन्माउन बाध्य भएका छन् । अहिलेसम्म ३० जनाले घरमै बच्चा जन्माएका छन् भने ५० जनाले अन्यत्र स्वास्थ्य संस्थामा गएर बच्चा जन्माएका छन् । स्वास्थ्यचौकीमा प्रसूति सेवा नहुँदा निकै गाह्रो भएको स्थानीयवासी तारा भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँ भएर स्वास्थ्यचौकीमा आउने पानी व्यवस्थापन गर्न नसक्दा स्वास्थ्य चौकीमा पानीको अभाव भएको हो ।”

स्वास्थ्य चौकीमा प्रसूति सेवा बन्द भएपछि पूर्ण संस्थागत सुत्केरी अभियानमा समेत असर परेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तल्लादेहीमा पानी अभावमा प्रसूति सेवा बन्द हुँदा पूर्ण संस्थागत सुत्केरी अभियान प्रभावित भएको छ ।”

२०७२ सालमा जिल्लाका उत्कृष्ट पाँच स्वास्थ्य संस्था मध्येको तल्लादेही स्वास्थ्यचौकीमा गएको वर्षदेखि प्रसूति सेवा बन्द भएपछि पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा पनि प्रभावित हुने देखिएको छ । तल्लादेही स्वास्थ्यचौकीमा प्रसूति सेवा बन्द भएपछि पानीको व्यवस्थाका लागि जनप्रतिनिधि, स्थानीयवासी लगायतका सरोकारवालासँग छलफल शुरु गरिएको हेल्थ फाउन्डेशन नेपालका जिल्ला संयोजक अम्बादत्त अवस्थीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्