साहित्यकारदेखि व्यापारीसम्म भए प्रदेश एकमा भए राष्ट्रियसभाका उम्मेद्वार (नामावली सहित)

<span class='c1'>साहित्यकारदेखि व्यापारीसम्म भए प्रदेश एकमा</span> <span class='c2'>भए राष्ट्रियसभाका उम्मेद्वार (नामावली सहित)</span>

ओवी डेक्स
विराटनगर १० माघ । आगामी माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश नंम्वर १ बाट १२ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी मोरङ जिल्लाबाट ७ जना उम्मेदवारी छानिएका छन् । ८ वटा सिटका लागि बाम गठबन्धनका तर्फबाट ७, नेपाली काँग्रेस ४ र राप्रपाबाट १ जनाको उम्मेदवारी परेको छ ।खुल्ला तर्फको ३ जनाको सिटमा एमालेका तर्फबाट पर्शुमेघी गुरुङ (संखुवासभा), हरिचरण शिवाकोटी (झापा), खड्गबहादुर वस्नेत ( मोरङ) र नेपाली काँग्रेसबाट तर्फबाट रमेशजंग रायामाझी (मोरङ) को उम्मेदवारी परेको छ ।
महिला तर्फ एमालेकी नैनकला ओझा ( मोरङ) , नेपाली काँग्रेसका तर्फबाट कृषि राज्यमन्त्री सरिता प्रसाई (झापा) र नेकपा माओवादी केन्द्रकी विना पोखरेल (मोरङ) को उम्मेदवारी परेको छ । महिला तर्फको ३ वटा सिटमा ३ जनाको मात्र उम्मेदवारी परेको छ । तीनै जना निर्विरोध भएका छन् ।
औपचारिक घोषणा भने अन्तिम नामावली प्रकाशन पछि घोषणा गरिने सहायक निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिए । यस्तै दलित तर्फको १ जनाको सिटमा २ जनाको उम्मेदवारी परेको छ ।
एमालेबाट खेम नेपाली (मोरङ) र नेपाली काँग्रेसका तर्फबाट विन विश्वकर्मा ( झापा) को उम्मेदवारी परेको छ ।  खेम नेपाली विराटनगर महानगरपालिकाकाे निजामती जागिर छाडी राष्ट्रियसभाकाे उम्मेद्वार भएका हुन् । उनी साहित्य क्षेत्रमा समेत क्रियाशिल छन् । यस्तै अल्पसंख्यकमा ३ जनाको उम्मेदवारी परेको छ । एक जनाको सिटमा एमालेबाट अगमप्रसाद वान्तवा (इलाम), नेपाली काँग्रेसबाट महेश जाजु (मोरङ) र राप्रपाबाट अनुपमादेवी साह (मोरङ) को उम्मेदवारी परेको छ । आगामी माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका हुदैछ । महेश जाजु यस क्षेत्रमा नाम चलेका उद्याेगी हुन् । उनले एशियन थाइफुड्स लगायतका उद्याेग संचालनमा ल्याएका छन् ।

राष्ट्रिय सभाको निर्वाचनका लागी प्रदेश नम्बर १ बाट १२ जना उम्मेदवारीको नामवली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्