जब लालबाबु पण्डितले क्रिकेट ब्याट समाते …

<span class='c1'>जब लालबाबु पण्डितले क्रिकेट</span> <span class='c2'>ब्याट समाते …</span>

विराटनगर माघ ११, लोकप्रिय नेता तथा पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बिराटनगर नजिकै खोलिएको गोपाल फन पार्कको अवलोकन गरेका छन । बुधबार श्रीमती विमला पण्डित तथा स्वकिय सचिव वासिम अलामको साथमा गोपाल फन पार्क पुगेका उनले पार्कमा स्थापना गरिएको क्रिकेट अभ्यास नेटको पनि उद्घाटन गरेका थिए । यसै क्रममा उनले क्रिकेट नेटमा ब्याट समातेर क्रिकेट पनि खेलेका थिए । उनले ब्याट समातेर क्रिजमा उत्रिएको अवस्थामा उनलाई खेलेको हेर्न दर्शक भने निकै उत्साहित रहेका थिए । पण्डित साथसाथै उनकी श्रीमती विमला तथा वासिमले पनि क्रिकेट ब्याट समातेर क्रिकेट क्रिजमा प्रवेश गरेका थिए ।
पण्डित केहि समय अघि भएकाे एभरेस्ट प्रिमियर लिगकाे फाइनल खेलमा समेत दर्शकका रूपमा सहभागी भएका थिए । उनकाे गृह नगर विराटनगर वारियर्स प्रतियाेगिताकाे फाइनलमा पुगे पछि उनी काठमाडाैंकाे किर्तिपुर मैदान पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्