ठगी गर्ने कन्सल्टेन्सी बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

<span class='c1'>ठगी गर्ने कन्सल्टेन्सी बन्द</span> <span class='c2'>गर्ने शिक्षा मन्त्रालयको निर्णय</span>

काठमाडौँ । शिक्षा मन्त्रालयले शैक्षिक परामर्शका नाममा विद्यार्थी ठगी गर्ने दुई कन्सल्टेन्सी बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले क्यानडाको वर्क पर्मिट देखाएर पैसा माग्ने तथा आइइएलटिएसमा ठगी गर्ने दुई कन्सल्टेन्सी बन्द गर्ने निर्णय गरेको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

पुतलीसडकस्थित वेब्स्टर एजुकेसन नेटवर्क प्रालिले ६ जनालाई वर्क पर्मिट लेटर देखाएर त्यसका आधारमा कन्सल्टेन्सीका सिइओ जनकबहादुर वाइवाको व्यक्तिगत खातामा पैसा जम्मा गर्न लगाई ठगी गरेको उजुरी परेको थियो । मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका अधिकृत तारानाथ निरौलाका अनुसार ६ जनाको उजुरीका आधारमा ठगी गरेको पाइएपछि सो कन्सल्टेन्सी बन्द तथा कारबाही गर्नका लागि महानगरीय अपराध महाशाखालाई पत्राचार गरिएको छ ।मन्त्रालयले गत ८ माघमा महाशाखालाई पत्राचार गरेको हो । सो कन्सल्टेन्सीले शिक्षा मन्त्रालयमा आवेदन दर्ता गरे पनि सञ्चालनका लागि स्वीकृति पाएको थिएन ।

बानेश्वरस्थित वल्र्डवाइड एजुकेसन कन्सल्टेन्सीमाथि पनि शिक्षा मन्त्रालयले कारबाहीको पक्रिया अघि बढाएको छ । सो कन्सल्टेन्सीका सञ्चालक सुरज लामासहितको संलग्नतामा आइइएलटिएसको प्रश्नपत्र आउट गरेकोमा प्रहरीबाट अनुसन्धान भइरहेको भन्दै मन्त्रालयले निलम्बन गर्ने माइनुट तयार गरेको छ । अहिले निलम्बन गरी सो कन्सल्टेन्सीबाट कुनै काम नगर्न र सेवाग्राहीलाई सेवा नलिन आग्रहसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्