विराटनगर,११ माघ । सहज तथा सरलरुपमा नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न पठाउने उद्देश्यले “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस ” शैक्षिक परामर्श सेवा केन्द्रको शाखा विस्तार विराटनगरमा हुने भएको छ ।
ईटहरी सर्भिसका प्रवन्ध निर्देशक कमल तिम्सीनाले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरि आगामी माघ १४ गते विराटनगरमा शाखा विस्तारको उद्घाटन गरिने भएको छ ।
केन्द्रले विगत १० वर्षको अवधिमा करीव २० हजार नेपाली विद्यार्थीहरुलाई उच्च तथा प्राविधिक शिक्षा अध्ययनका लागि अष्ट्रेलियाका सेवा उपलव्ध गराएको जानकारी दिए ।
केन्द्रद्धारा अष्ट्रेलियाका विभिन्न चार वटा विश्वविद्यालयमा नेपाली विद्यार्थीहरुले सहज रुपमा भीषा उपलव्ध प्रकिया संचालन गरी स्नातक तह देखि माथिल्लो तहका उच्च शिक्षा अध्ययन गर्न प्रत्येक वर्ष १ हजार पाँच सयदेखि दुई हजार विद्यार्थीहरु जाने गरेको उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनमा केन्द्रका विराटनगर प्रमुख अनुभव दाहालले केन्द्रका दक्षजनशक्तिवाट प्रशिक्षित भई विद्यार्थीहरु विश्वविद्यालयवाट छात्रवृत्ति प्राप्त तथा कम खर्चमा अध्ययनका लागि जाने जानकारी दिए ।
केन्द्रले नेपालका विभिन्न शहरमा १४ शाखा कार्यालयमार्फत विद्यार्थीहरु न्यूनतमभ रु १० लाख देखि १८ लाखसम्ममा अष्ट्रेलिया अध्ययनका लागि जाने गरेको दाहालले वताउनु भयो ।
यसैविच केन्द्रले यही माघ १४ गते एक दिने वृहत अष्ट्रेलिया अध्ययनको लागी विद्यार्थीलाई सेमिनार नमस्कार होटलमा भेला गर्ने जनाएको छ।