विराटनगरमा हुण्डीको कारोबार गर्ने चार पक्राउ

<span class='c1'>विराटनगरमा हुण्डीको कारोबार</span> <span class='c2'>गर्ने चार पक्राउ</span>

मोरङ, माघ ११।प्रहरीले विराटनगरमा अवैध हुण्डीको कारोबार गर्ने चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा मोरङ बिराटनगर ७ बस्ने सुदर्शन साह, विराटनगर ११ बस्ने निरन्जन कुमार साह, साविक सोराभाग गाविस ८ घर भई विराटनगर ६ बस्ने सन्तोष कुमार रौनियार विराटनगर १७ बस्ने साकिब आलम रहेका छन्।

उनीहरुलाई विशेष सुचनाका आधारमा विराटनगर ११ स्थित कन्हैया गुप्ताको घरमा डेरा लिई कार्यालय जस्तो बनाई अवैध रुपमा हुण्डी कारोबार गर्दै आएको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका टोलीले विहिबार दिउँसो १ बजे पक्राउ गरेका हुन्।

उनीहरुको साथबाट नेपाली एक हजार, पाँचसय, एकसय र पचास दरका गरी ३६ लाख १८ हजार २ सय ५० रुपैया, भारतीय एयरटेल कम्पनीको सिमकार्ड १ थान, डायरी र कागपत्रहरु फेला परेको छ।

पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धान कार्य भई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्