पत्रकारीता क्षेत्रमा युवा जनशक्ति उत्पदान गर्न पत्रकारीता तालिम हुदै

<span class='c1'>पत्रकारीता क्षेत्रमा युवा जनशक्ति उत्पदान</span> <span class='c2'>गर्न पत्रकारीता तालिम हुदै</span>

प्रेम देवान
विराटनगर १२ माघ । नेपालकै सबैभन्दा जेठो र प्रतिष्ठित संस्था नेपाल प्रेस ईन्स्टिच्यूट क्षेत्रिय सञ्चार श्रोत केन्द्र विराटनगरले आधारभूत पत्रकारीता तालिम संञ्चालन गर्ने भएको छ ।
पत्रकारीता क्षेत्रका लागी युवा जनशक्ति उत्पादान गर्ने उद्धेश्यले आधारभुत समाचार लेखन तथा अन्तरवार्ता सीप अभिबृद्धि तालिम सञ्चालन गरिने नेपाल प्रेस ईन्स्टिच्यूट क्षेत्रिय सञ्चार श्रोत केन्द्र विराटनगरका निर्देशक विरेन्द्र शर्माले जानकारी दिए ।
तालिम आगामी माघ १५ गते देखि फागुन १६ गते सम्म एक महिनाको लागी संञ्चालन गरिने शर्माले जानकारी दिए । तालिमका लागी २५ सय लाग्ने र अहिले फारम विरतरण भईरहेको शर्माले बताए ।
आधारभूत समाचार लेखन तथा अन्र्तवार्ता सिप अभिबृद्धि तालिममा पत्रकारीता क्षेत्रमा लामो समय देखि अनुभव तथा आवद्ध पत्रकारहरुले तालिम प्रदान गर्ने जनाईएका छ । नेपाल प्रेस ईन्स्टिच्यूट क्षेत्रिय सञ्चार श्रोत केन्द्र विराटनगर अहिले सम्म १४ औँ व्याच सम्मका पत्रकारहरुलाई तालिम प्रदान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्