विराटनगरमा एक ब्यक्तिले कुकुरलार्इ करणी गरेपछि तनाब

<span class='c1'>विराटनगरमा एक ब्यक्तिले कुकुरलार्इ</span> <span class='c2'>करणी गरेपछि तनाब</span>

माघ, १२, विराटनगर । विराटनगरमा एक ब्यक्तिले कुकुरलार्इ करणी गरेपछि तनाब भएको छ । विराटनगर महानगरपालिका वडा नं ३ स्थित मदननगर टोलमा बेलुकी ८ बजे स्थानीय ६० वर्षिय हरीलाल माझीले सोही टोलको भुस्याहा कुकुरलार्इ घरभित्र ल्याएर जवरजस्ती करणी गर्दै गरेको अवस्थामा स्थानियहरुले रंगेहात फेला पारेका छन् ।

उनले गल्लीमा हिँड्दै गरेको कुकुरलाई फकाएर आफ्नै घरभित्र ल्याएर जवरजस्ती करणी गरेको स्थानियले बताए । ‘कोठाबाट कुकुर कराएको निरन्तर आवाज आएपछि गएर हेर्दा जवरजस्ती गरेको पाईयो ।’ स्थानीय प्रत्यक्षदर्शी रमेश धमलाले बताए । त्यसपछी स्थानियहरु भेला भएर कुकुर र करणी गर्ने माझीलार्इ छुट्याएका थिए ।

माझीका घरमा श्रीमति, छोराबुहारी र नातिनातिना समेत छन् । स्थानियले उनलार्इ यस अघिपनि कुकुरलार्इ करणी गरेको फेला पारेका थिए । ती ब्यक्तिले स्थानिय टोलका छोरी चेलीलार्इ समेत हातपात गर्न खोज्ने गरेको स्थानीय अशोक पाण्डेले बताए । ‘यस अघिपनि उनलार्इ हामीले त्यस्तो काम गरेको देखेका थियौं सम्झाउँदा पनि लागेन । भोली हाम्रै छोरी चेलिमाथी त्यस्तो घटना नघट्ला भन्न सकिन्न ।’ उनले भने ।

कोठाभित्र कुकुरलार्इ करणी गर्दै गरेको प्रत्यक्ष देखेपछि १०० मा फोन गरेर प्रहरी बोलार्इएको थियो । विराटनगरको सिआरभीको टोली घटना स्थलमा आएपनि करणी गर्ने झालार्इ पक्राउ नगरी जान खोजेपछि स्थानियले विरोध गरेका थिए । त्यसबेला करणी गर्ने माझीले आफुलार्इ केही गरे मर्ने धम्की दिएपछि स्थानिय अझ आक्रोसित भएका थिए ।

सिआरभीका एक प्रहरीले केहि स्थानियको फोटो समेत खिचेर लगेको र उल्टै धम्की दिएको एक स्थानियले बताए । सिआरभीको टोली इलाका प्रहरी कार्यालयका असर्इ सिताराम घिमिरेको नेतृत्वमा आएको थियो । सिआरभीले करणी गर्नेलार्इ लैजान नमानेपछी जिल्ला प्रहरी कार्यालयका एसपी अरूण कुमार बिसिले सुरक्षाकर्मी पठाएका थिए ।

अहिले कुकुर करणी गर्ने माझीलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालकाे मुलुकी एेनकाे जजक(बलात्कार) मा पशु बलात्कार गरेकाे प्रमाणीत भए ६ महिनासम्म जेल सजाय २ सय जरिवाना वा दुवै सजाय हुने प्रावधान रहेकाे छ ।

(मकालु खबर डट कमबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्