इलामको माङ्सेबुङ गाउँपालिकाको प्रथम गाउँसभाद्वारा विद्यालय र बालबालिका क्षेत्रमा ३५ लाख बजेट पारित

<span class='c1'>इलामको माङ्सेबुङ गाउँपालिकाको प्रथम गाउँसभाद्वारा विद्यालय र</span> <span class='c2'>बालबालिका क्षेत्रमा ३५ लाख बजेट पारित</span>

इलाम, माघ १३ गते। माङ्सेबुङ गाउँपालिकाको प्रथम गाउँसभाले विद्यालय सुधार कार्यक्रम तथा बालबालिका क्षेत्रमा रु ३५ लाख बजेट पारित गरेको छ । गाउँ कार्यपालिकाको बिहीबार बसेको बैठकले एसइइ कक्षा सञ्चालन, अंग्रेजी माध्ययमा कक्षा सञ्चालनका लागि प्रोत्साहन, धार्मिक विद्यालयलाई अनुदान, विद्यालय दिवा खाजा र बालबालिकाका क्षेत्रका अन्य कार्यक्रमका लागि रु ३५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिनुभयो ।

महेन्द्रोदय मावि गजुरमुखी, इभाङ मावि इभाङ, चिसोपानी मावि बाँझो, जीवनज्योति मावि चतुरे, दुर्गा मावि आदिपुरे, सरस्वती मावि भालुटार र विद्या सिर्जनात्मक माविलाई रु एक एक लाखका दरले रकम प्रदान गरिएको हो । उक्त बजेटले एसइइ परीक्षा तयारी गरिने विद्यालयले जनाएका छन् ।

त्यस्तै गरी तीन विद्यालयलाई अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्नका लागि रु एक लाखका दरले बजेट प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराजा पौडेलले जानकारी दिनुभयो । धार्मिक अनुदानतर्फ किराँत साम्जिक मुन्धुम वेदशालाका लागि रु एक लाख ५४ हजार बजेट प्रदान गरिएको छ । यस्तै विद्यालय सुधार तथा मर्मत कार्यक्रममा यहाँका २४ वटा विद्यालयलाई रु १७ लाख ८० हजार बजेट दिइएको छ ।
छात्रवृत्ति पाउनबाट वञ्चित

फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका निखिल लिम्बू अपांगता भएका बालक हुन् । सानै उमेरमा ओठमा घाउ भएको छ । उनको तल्लो ओठमा ठूलो घाउ र जिब्रो सुन्निएको छ । उनको अपांगता परिचयपत्र नहुँदा छात्रवृत्तिबाट उनी वञ्चित छन् । घरपरिवार र विद्यालयले परिचयपत्र बनाउन पहल नगर्दा छात्रवृत्ति पाउनबाट वञ्चित भएका हुन् ।

फाकफोकथुम गापा–३ की मनिषा अधिकारी पनि परिचयपत्र नहुँदा छात्रवृत्ति पाउनबाट वञ्चित छिन् । तीन चार वर्षअघिदेखि दाहिने खुट्टामा समस्या भएपछि अपांगता भएकी मनिषाको परिचयपत्र बनाउन कसैले पहल गरेको थिएन । जनचेतनाको अभाव र सरल पहुँच नहुँदा धेरै विद्यार्थी परिचयपत्र नहुँदा जिल्ला शिक्षा कार्यालयले प्रदान गर्ने छात्रवृत्ति पाउनबाट वञ्चित हुनुपरेको छ ।

चालु शैक्षिक सत्रका लागि २५० विद्यार्थीका लागि रु ४६ लाख ४१ हजार विनियोजन गरिएको छ । कार्यालयमार्फत पहिलो चौमासिकमा ८३ बालबालिकाले छात्रवृत्ति पाइसकेका छन् । दोस्रो चौमासिकमा छात्रवृत्तिका लागि ४० जनाले मात्र निवेदन दिएको जिसिका इलाम योजना शाखाका निर्मल ढुंगेलले जानकारी दिनुभयो । अझै पनि जिल्लामा १२७ जनाका लागि छात्रवृत्ति रकम बाँकी नै छ ।

दुर्गम क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत अपांगता भएका करीब २०० भन्दा बढी विद्यार्थी परिचयपत्र नभएकै कारण छात्रवृत्तिबाट वञ्चित हुने गरेको जिसिकाले जनाएको छ । कतिपयलाई छात्रवृत्तिका विषयमा जानकारी नहुने र जानकारी भए पनि सोझै अभिभावकका हातसम्म नपुग्ने गरेकाले पनि परिचयपत्र बनाउन अभिभावकले चासो नदिएको हुन सक्ने जिसिका इलामका लेखाजोखा केन्द्रका प्रमुख प्रकाश चापागाईं बताउनुहुन्छ ।

छात्रवृत्तिका लागि जिसिकाले अपांगता परिचयपत्र अनिवार्य गरेपछि परिचयपत्र नभएकाहरुको अघिल्लो आवमा १७ लाख ६४ हजार र गत आवमा ठूलो रकम फ्रिज भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

महिला बालबालिका कार्यालयले विभिन्न कार्यालयको संयोजनमा जिल्लामा विभिन्न स्थानमा सञ्चालित घुम्ती शिविरमा समेत अपांगता परिचयपत्र वितरण गर्दै आएको महिला बालबालिका कार्यालयका अधिकृत भगवती घिमिरेले बताउनुभयो । करूणा फाउण्डेशनले पनि महिला बालबालिका कार्यालय, चिकित्सकको समन्वयमा जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकामा अपांगता पहिचान शिविर सञ्चालन गरेर अपांगता भएका सबैलाई परियचपत्र वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्