नोना कोइरालाको स्मृति दिवसमा निःशुल्क स्वास्थ्य शिविर

<span class='c1'>नोना कोइरालाको स्मृति दिवसमा</span> <span class='c2'>निःशुल्क स्वास्थ्य शिविर</span>

विराटनगर १४ माघ । नोना कोइरालाको स्मृति दिवशको अवसरमा मोरङको सुन्दर हरैचामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
नोना कोइरालाको १२ औं स्मृती दिवशको अवसरमा डाक्टर शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ को सुन्दर हरैचा नगरपालिका—५ तीनपैनीमा स्वास्थ्य शिविरको आयोजना गर्नुभएको थियो । शिविरमा नाक , कान , घाँटी , स्त्रीरोगका एक हजारभन्दा वढि विरामीले जाँच गराएका छन ।
विरामीको रगत जाँचको लागी इसीजी , ल्वाय समेत शिविरमा उपलब्ध गराइएको थियो । नोवल अस्पतालका १२ जना चिकित्सकहरुले विरामीको जाँच गरेका थिए । यसैविच तीनपैनी चौकमै आयोजित समारोहमा डाक्टर कोइरालाले २ सय थान न्यानो कमल विपन्न परिवारलाई वितरण गरिएको थियो ।
आफै डाक्टर रहेका कोइरालाले दर्जनौ विरामीहरुको जाँच गरी निशुल्क औषधी वितरण गरेका छन् । नोना कोइराला स्मृती प्रतिष्ठान संचालन गरेर कोइरालाले संस्थामार्फत धेरैलाई विपद् अवस्थामा राहत दिदै आएका छन् । डाक्टर कोइरालाले आफ्नी आमाको नाममा स्थापना गरिएको प्रतिष्ठानले बाढी पिडित र भूकम्पको वेला करोडौ रुपैया वरावरको राहत उपलब्ध गराइसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्