बाम गठबन्धनमा मिल्यो भागबण्डा, २ मुख्यमन्त्री र २ सभामुख माओवादीलाई

<span class='c1'>बाम गठबन्धनमा मिल्यो भागबण्डा, २</span> <span class='c2'>मुख्यमन्त्री र २ सभामुख माओवादीलाई</span>

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख र सभापतिको भागबण्डा टुंगो लगाएको छ । दुई दलको कार्यदलले प्रदेशका मुख्यमन्त्रीसहित अन्य पदको टुंगो लगाएको छ ।

आइतबार बसेको कार्यदलको बैठकले यस्तो टुंगो लगाएको हो । कार्यदलको बैठकले मुख्यमन्त्री, सभामुख र उपसभामुखको टुंगो लगाएको नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

उनका अनुसार प्रदेशको १, ३, ४ र ५ मा एमालेका मुख्यमन्त्री रहनेछन् भने ६ र ७ मा माओवादी केन्द्रका मुख्यमन्त्री चयन गरिनेछन् । त्यसैगरी प्रदेश नम्बर ४ र ५ मा सभामुख माओवादी केन्द्रको रहनेछ भने बाँकी रहेका प्रदेशमा एमालेले सभामुख आफ्नो पार्टीको बनाउनेछ ।

त्यसैगरी उपसभामुखमा ४ र ५ नम्बर प्रदेशमा एमालेका रहनेछन् भने बाँकी रहेका प्रदेशमा माओवादी केन्द्रका उपसभामुख रहनेछन् । दुई पार्टीबीच प्रदेशमा सरकार बनाउँदा ७० र ३० प्रतिशत कायम गरिने सहमति पनि भएको छ ।

प्रदेशमा सरकार निर्माण गर्दा ७ देखि ११ नबढ्ने गरी बनाउन कार्यदलले सुझाव पनि दिएको छ । सोही आधारमा एमालेले ७० र माओवादी केन्द्रले ३० प्रतिशत भागबण्डा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्