विराटनगर–विराटचोक सडकको विजोग , ठुला टिप्परहरुको कारण समस्याग्रस्त सडक

<span class='c1'>विराटनगर–विराटचोक सडकको विजोग , ठुला</span> <span class='c2'>टिप्परहरुको कारण समस्याग्रस्त सडक</span>

विराटनगर महानगरपालिका देखि बिराटचोक सम्मका सडकको दुरी भेको करिब २१ किलो मिटर हो । कोशी राजमार्ग अत्यन्तै ब्यस्त हुँदा पुर्ब जाने यात्रुहरुको यागी एउटा सजिलो र छोटो सडकको रुपमा यो विराट चोक–पुष्पलाल चोक सडक खण्डलाई हेर्ने गरिएको छ । तर अहिले यो सडक खण्ड अहिले भत्किएर हिड्नै नसकिने अबस्थामा पुगेको छ । यही सडक भएर चल्ने ठुला टिप्परहरुको कारण समस्याग्रस्त बनेको छ । यो सडक पिच भएको ३ बर्ष पनि पुरा भएको छैन तर यही सडक हो जो अहिले भत्किसकेका छन् । मोटरसाइर्एकल त लिएरु हिड्न नसक्नेअबस्थामा पुगेको छ । अझ, साना सवारी साधनहरुलाई त निक्कै समस्या हुँदै आएको छ ।

यो सडकको निर्माणको काम सम्पन्न भएको धेरै भएकै छैन । आज भन्दा ४ बर्ष अघि शुरु भएको सडक पिचको काम पुरा नहुँलै भत्कीनुले सर्बसाधारणलाई प्रसस्तै आशंकाहरु जन्माएको छ। पुष्पलाल चोक–झोराहाट सडक खण्डको काम पहिलो चरणमा सम्पन्न भएसँगै दोश्रो चरणको काम झोराहाट देखि तेतरियामा गरिएको थियो । अनी चौथो चरणमा तेतरिया देखि नेताचोक सम्मको सडकको निर्माणकोकाम भएको थियो । तर यि सडकहरु सबै बनाएको २ बर्षमा नै भत्किएका छन् । बिच बिचमा टालटुल पार्ने काम भएपनि त्यो प्रभावकारी नहुँदा समस्या भएको स्थानीयको भनाई छ ।

उहाँको मात्र पिडा हैन सबैको पिडा यस्तै नै छ, यहाँ बस्नेहरुको । हरेक दिन यही सडक भएर सर्बसाधारणलाइृ हिड्ने पर्नेबाध्यता छ । तर साईकल तथा मोटरसार्यल र साना गाडी कहाँ दुर्घटनामा पर्ने हो भन्ने चिन्ता यात्रुमा छ । एकातिर हुईँकिँदै आउने टिप्परको कारण आफुलाई जोगाउन गाह्रो छ भने अर्को तर्फ सडक भत्काएर पुर्बाधारमा नै षती पुगेको छ। क्षमताभन्दा ज्यादा टिप्पर र ट्रक चल्दा बाटो बिग्रिएका छन् तर मर्मत सम्हार नभएको स्थानीय उमेश लुईटेलको भनाई छ ।

यो सडक निर्माण हुँदा नै कमिशनको चलखेलका कारण समस्या भएको हुन सक्ने आशंकाहरु पनि प्रसस्तै छन् । बिराटनगर महानगरपालिका देखि नै समस्याग्रस्त बन्दै गएको सडक अहिले खाल्डाको कारण हिड्नै नसकिने अबस्थामा पुगेको हो । ४ बर्ष अघि मात्र नयाँ पिच गरिएको यो सडक १ बर्ष पहलिा मात्र मर्मत गरिएको थियो । तर आर्थिक चलखेलका कारण भौतिक पुर्बाधार निर्माण कमसल भनेको छ । विराटनगर महानगरपालिका १ का विष्णुप्रसाद वाग्ले जनताको समस्याको बारेमा ध्यान नदिँदा सबै सडकहरु भत्कीएर बिग्रिएको बताउनुहुन्छ ।

यो सडक भत्कीनुको मुख्य समस्या भनेको यही सडक भएर गुड्ने टिप्पर र ट्याक्टर नै हुन । क्षमता भन्दा बढी भार वहन सवारीका साधन चल्ने भएपछि यो सडकको यो दुर्दशा भएको हो । यो सडक निर्माण गर्दाको अबस्थाको बारेमा नै छानविन हुनु पर्ने मागहरु पनि उठ्दै गएका छन् । बनाईमा नै कमि कमजोरी छ, मर्मतमा पनि लापरवाही देखिएको छ । पुन मुल्याङकन र त्यसको छानविन हुनुपर्ने समेत मागहरु बढ्दै गएका छन् ।

टिप्परको लोड क्षमता भन्दा अत्याधिक

बिराटनगरमा अहिले निर्माण भईरहेको भौतिक पुर्वाधार र विकासको काममा प्रयोग हुने टिप्परहरु मात्र दैनिक ३ सयको हाराहारीमा यही सडक भएर गुड्ने गरेका छन् । बिराटचोक हुँदै ईटहरीको बाटो भएर ,बिराटनगर आउँदा लामो दुरी तथा जाममा फस्ने हुँदा बिराटचोक–पुष्पलाल चोक सडक खण्ड भएर बिराटनगर आउने गरेका छन् । यसरी सडकमा नै टिप्पर कुद्नुलाई कुनै आरोप प्रत्यारोप लगाउने ठाउँ छैन । तर यसरी कुद्ने टिप्पराके भार क्षमता कति होभनेर कसैले पनि मापन गर्ने गरेको छैन । मोरङको केरावारीको चिसाङ खोलाबाट ल्याईने निर्माण सामाग्रि यि टिप्परहरुले झण्डै दोब्बर बोक्छन् । त्यसैको असर अहिले सडकमा देखिएको छ । यसरी सडकमा गुड्ने ६ चक्के टिप्परले ८ घन मिटर र १० चक्के ठुला टिप्परले १२ घनमिटर बोक्ने ब्यस्था छ । तर यि चालक पनि आफै भन्दैछन्, १४ घन मिटर भन्दा बढी नै बोक्ने गरिएको छ ।

नजोड्दा बाहिर र जोड्दा १४ घन मिटर सम्म आउने यि चालकको भनाईले पनि पुष्टी गर्छ । सामान्यतया कु्नैपटि टिप्परले १२ घन मिटर भन्दा बढी ल्याउन सक्दैन । तर यि ठुला टिप्परहरु जुन अहिले यि निर्माण समाग्रि बोक्न प्रयोग भएका छन् यि टिप्परहरुले खुलेयाम टिप्परको माथिको ढालामा नट लगाएर वा वेल्डिङ गरेरै २ देखि ४ घन मिटर सम्म थपेर ल्याउने गरेको पाईन्छ । यसले सडकलाई ध्वस्त बनाएको त छ नी त्यो सँगै सडकमा हिँडेका यि टिप्परको थर्काईले ब्यक्तीका घरहरुमा नै असर पुगेको छ। घर भित्र बसेका सर्बसाधारण टिप्पर आएको बेलामा भुईचालो आएको जस्तोगरी थर्किने गरेको बताउँछन् । बुढीगंगा १ का पिताम्बर धमला, घरभित्र बस्दा नी हल्लीने गरी लोड बोकेर आउने गरेको सुनाउनुहुन्छ ।

हरेक दिन क्ष्मता भन्दा बढी भार बोकेर आउने टिप्परका कारण यि सडहरुको अबस्था यो हालतमा पुगेको कसैसँग छिपेको छैन । समस्या ग्रस्त रुपमा आएको यस्ता नियम उल्लंघन गर्दै ंचालनमा ल्याईएका सवारी साधनको नियमन गर्ने निकाय भने मौन दलेखिन्छ । समस्या आउने बितिकै नियमन गर्ने र त्यसलाई ब्यवस्थीत गर्ने पाटो एउटा होला तर वेवास्ता गर्ने मनोबृतीका कारण समस्या बढ्दो रुपमा देखिएको छ।
विराटनगरको पुष्पलाल चोक देखि बिराट चोक सम्मको सडक खण्डको यो सडकको बेहालले सबैलाइर्ए एक पटक झस्क्याएको छ । अनी पानी चुहाउँदै कुद्ने टिप्पर र ट्याक्टरको बिषयमा सबै रमिते छन् । बिग्रिउ भौतिक संरचना सरकारको त हो नी भन्ने मनोभाव सबैमा देखिन्छ ।

नमुना सडकमा टिप्परको दादागिरी

पुष्पलालचोक–बिराटनचोकको समस्या मात्र हैन भर्खरै एक बर्ष पनि पनि निर्माण पुरा नभएको पुष्पलालचोक–पानीट्याङकी सडक खण्डको अबस्था पनि उिस्तै नै छ । यो सडक १ नम्बर प्रदेशकै नमुना सडकको रुपमा रहेको बताईन्छ । तर निर्माण पुरा भएको एक महिना नबित्दै भत्किने अबस्थामा पुग्न लागि सकोको छ । त्यससको मुख्य कारण भनेको क्षमता भन्दा बढी भार बोकेर कुद्ने टिप्पर नै हुन । यो सडकको काम पुरा भएको एक बर्ष नपुग्दै भत्किने हो की भन्ने चिन्तामा स्थानीय छन् । तर यो सडकमा टिप्परलाई प्रबेश गर्न रोक लगाउने भनिएपनि अहिले सम्म त्यो कार्यान्वयनमा आउन सकेको छैन । हरेक दिन यसै गरी चल्ने यि टिप्परका कारण दशा्रँ बर्ष पछि बनेको सडक भत्किने भयो भन्ने चिन्तामा स्थानीय छन् । हरेक दिन यो यहाँबाट ३ सय बढी टिप्परहरु गिटी बालुवा तथा निर्माण सामाग्री लिएर गुड्ने गरेका छन् । टिप्पर र ६क्टरले पानी चुहाउँदै आउँदा त्यसले सडक भत्काउने डरमा स्थानीय छन् ।

हरेक दिन दौडने यस्ता टिप्पर बिराटनगर महानगरपालिकाको एसियाली विकास र्बैंकको लगानीमा अहिले निर्माण भईरहेको विराटनगर महानगरपालिका एकिकृत वातावरणीय सुधार परियोजनाको पुर्बाधार निर्माण र ६ लेन सडक बिस्तार परियोजनाको निर्माणको काममा प्रयोग भई रहेका टिप्पर हुन । अहिले देखि नै त्यो बाटोलाई जोगाउन नलाग्ने हो भने लामो समय देखि समस्या झेल्दै आएका यो क्षेत्रका बासिन्दाले फेरी समस्या झेल्नु पर्छ भन्ने धेरैलाई थाहा छ । तर रोक्ने कसले ? क्षमता भन्दा बढी लोड गरेका सवारी संचालनमा आउन नपाउने स्वयम टिप्पर ब्इवसायि संघ कै धारणा छ । टिप्पर कुद्दैमा सडक भत्किन्छ भन्ने नभई टिप्परले क्षमता भन्दा बढी सामाग्री बोक्दा सडकमा समस्या आउने टिप्पर ब्यवसायि संघका पुर्वाञ्चल उपाध्यक्ष राम फुयाँल बताउनुहुन्छ ।
बाईट ः राम फुयाँल, उपाध्यक्ष, पुर्वाञ्चल टिप्पर ब्यवसायि संघ ।।
यसरी टिप्परको समस्याको बिषयमा सबैलाई जानकारी नै छ । तर यसलाई ब्यवस्थीत गर्ने काममा कसैको पनि ध्यान गएको छैन । यसरी टिप्पर क्षमता भन्दा बढीको भएपनि ट्राफिक प्रहरी यो बिषयमा रमिते छ । अहिलेसम्म यि टिप्परले बोकेका क्षमता कति होभनेर मापन समेत भएका पाईँदैन नियमन गर्नु कार्वाही गर्ने बिषय त टाढा कै भईसकेको छ ।
बाईट ः मदन गिरी, प्रहरी निरक्षक, ट्राफिक प्रहरी कार्यालय मोरङ ।।
दैनिक ३ सय बढी क्षमता भन्दा बढी लोड बोकेका टिप्पर यही सडक भएर गुड्ने हो भने यो साँच्ची कै नमुना सडक अबको ६ महिना नपुग्दै भत्कीने निश्चीत छ । धेरै ठाउँहरुमा भासिएका र भत्किएका सडकलाई मर्मत पनि नभएका हैनन । तर यो क्रम कहिले सम्म रहने भन्ने अन्यौल छ । पुष्पलाल चोक –बिराटचोक सडकको अहिलेको अबस्था हेरेका हामीलाई त्यस्तै अबस्था यो सडकको आएमा पनि कुनै अनौठो नलाग्ला । हरेक बर्ष मर्मत हुन्छ भत्काईने निती रहेको पुष्पलालचोक देखि बिराटनचोकको सडक खण्डको अबस्थाको मापन सबै क्षेत्रले गर्ने की ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्