भारतमा २ करोड १० लाख बिना इच्छा जन्माएका छोरीको संख्या

<span class='c1'>भारतमा २ करोड १० लाख</span> <span class='c2'>बिना इच्छा जन्माएका छोरीको संख्या</span>

भारत। भारतमा २ करोड १० लाख बिना इच्छा जन्माएका छोरीको संख्या रहेका छन् । उक्त डाटा भारतको एउटा सरकारी प्रतिवेदनले देखाएको हो । छोरा नहुञ्जेल धेरै दम्पतीले सन्तान जन्माउने क्रमलाई निरन्तरता दिएको अर्थ मन्त्रालयको प्रतिवेदनले जनाइएका छन् ।

छोराको जन्मलाई महत्व दिने मान्यताबारे भारतीय समाजले गम्भीर रूपमा विचार गर्नुपर्ने उनीहरूले बताइएका  छन। प्रतिवेदन अनुसार भारतमा ६ करोड ३० लाख महिलाहरू देशको जनसंख्याबाट बेपत्ता भएका छन । उनीहरूका अनुसार लिङ्ग पहिचान गरेर गर्भपतन गराउने प्रवृत्ति र छोरालाई बढी उपलब्ध गराइने स्याहारसुसारले यस्तो अवस्था आएको हो । भारतमा भू्रण लिङग पहिचानलाई गैरकानूनी मानिन्छ । छोरी नभइ छोरामा हुने सम्पत्ति हस्तान्तरण, विवाहका क्रममा छोरीलाई दाइजो दिनुपर्ने र दुलही दुलाहाको घर जानुपर्ने प्रचलनसहितका कारण भारतमा छोरालाई प्राथमिकता दिने गरेको उनीहरुले उल्लेख गरेका छन् ।

छोरालाई सांस्कृतिक रूपमा बढी महत्व दिइएका कारणले एउटा भारतीय समाचारपत्रले वैज्ञानिक रुपमा प्रमाणित नभएका छोरा जन्माउने उपायहरूको सूची समेत प्रकाशन गरेको थियो । त्यसमा पश्चिम फर्किएर सुत्नुपर्ने र साताका विशेष दिनमा मात्रै यौनसम्पर्क गर्नुपर्ने जस्ता बुँदा समेटिएका थिए । छोराको मोहबाट सबैभन्दा बढी प्रभावित राज्यहरूमा पञ्जाब र हरियाणा रहेका छन भने सबैभन्दा कम प्रभावित चाँहि मेघालय रहेको छ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्