विराटनगरमा एम्सको मिस एण्ड मिस्टर फ्रेसर

<span class='c1'>विराटनगरमा एम्सको मिस</span> <span class='c2'>एण्ड मिस्टर फ्रेसर</span>

विराटनगर, १७ माघ ।
मिस एण्ड मिस्टर फ्रेसरको परिणाम सार्बजनि भएको छ । हरेक बर्ष बिराटनगरमा रहेको एम्स कलेजले आयोजना गर्दै आएको मिस एण्ड मिस्टर फ्रेसरको घोषणा भएको हो । एम्स कलेजको आयोजनमा विराटनगरको आरोहण गुरुकुलमा भएको मिस्टर एण्ड मिस फ्रेसरमा विजया नेपाल र मन्दिप सिवाकोटी छानिएका हुन ।

कलेव भित्रबाट १०/१० जना प्रतियोगिलाई पछि पार्दै उनीहरु बिजेता भएको कलेजले जनाएको छ । बिजयी भएसँगै मिस एण्ड मिस्टर फ्रेसरलाई ३०÷३० हजार रुपैयाँ सहित उपहार बितरण गरिएको छ ।
बिबिएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई लक्षित गरि बिगत तिन बर्षदेखि यस्तो प्रतियोगिता आयोजना गर्दै आएको कलेजका प्रमुख चिन्तामणी बस्नेतले जानकारी दिनुभयो । प्रतियोगितामा

कोरियाग्राफर अमलेश कर्ण, जुनियर जेसीसका पूर्व अध्यक्ष अविनाश थापा, सौन्दर्यकर्मी रम्तीम जोशी र रीता तिम्सिनाको निर्णयबाट उनीहरु छानिएका हुन।
प्रतियोगिताको कोरियाग्राफर अमर मगर, लिहाङ्ग चोङवाहाङ र राम संगम राउतले गरेका थिए । विजयी हुने प्रतियोगिहरुलाई कार्यक्रमको प्रमुख अतिथि त्रिभूवन विश्व विद्यालयका उप परिक्षा नियन्त्रक अर्जुन विक्रम खड्का, नुप्का मोरङका अध्यक्ष तिर्थ राज घिमिरे, कलेजका अध्यक्ष तुलसी पोखरेल र कलेज प्रमुख चिन्तामणी बस्नेतलले पुरस्कार वितरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्