क्लासिक टेकको ‘सित्तैमा’ नयाँ ईन्टरनेट अफर

<span class='c1'>क्लासिक टेकको ‘सित्तैमा’</span> <span class='c2'>नयाँ ईन्टरनेट अफर</span>

विराटनगर, १७ माघ ।
ईन्टरनेट, ईन्ट्रानेट र आईसिटी सम्बन्धित सेवा प्रदायक संस्था क्लासिक टेकले आफ्ना ग्राहकको लागि नयाँ ईन्टरनेट अफर ल्याएको छ। कम्पनीको तर्फबाट बिज्ञप्ती जारी गर्दै विश्वकै उत्कृष्ट जि.पोन प्रबिधिमा आधारितमा फाईवर टु द होम सेवाको माध्यामबाट ईन्टरनेट सेवा घरघरमा पु¥याएकोले नयाँ ईन्टरनेट अफर ‘सित्तैमा’ बजारमा ल्याएको हो । यो योजना अन्तरगत क्लासिकटेकले ग्राहकहरुलाई जडान खर्च, वाईफाई राउटर र फाईबर केवलमा लाग्ने खर्च सित्तैमा उपलब्ध गराउने भएको छ । १२ एमबिपिएस ईन्टरनेट प्रति महिना सात सय ७७ रुपैयाँ, १८ एमबिपिएस एक हजार ९९ रुपैयाँ र ६० एमविपिएस एक हजार एक सय ९९ रुपैयाँ प्रति महिनाको दरले उपलब्ध गराईने बिज्ञप्तीमा जनाईएको छ । कम्पनीले बिगत ८ बर्ष देखि नेपालका १८ स्थानमा शाखा कार्यालय मार्फत ३५ हजार बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । नेपालमै सस्तो र गुणस्तरियल सेवा दिँदै आएको दावी गरेको कम्पनीले आफ्ना साथि र आफन्तसँगको सहकार्यमा ईन्टरनेट सेवा जडानमा योगदान गर्दा समेत एक महिना सितैमा ईन्टरनेट अफर ल्याएको जनाएको हो । तर यो अफर कहिले सकिने भन्ने बिज्ञप्तीमा उल्लेख गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्