यौनधन्दा गराउने होटल संचालक प्रहरी फन्दामा

<span class='c1'>यौनधन्दा गराउने होटल</span> <span class='c2'>संचालक प्रहरी फन्दामा</span>

विर्तामोड, १७ माघ ।

युवतीलाई यौनजन्य गतिविधिमा संलग्न गराएको आरोपमा प्रहरीले होटल संचालकलाई पक्राउ गरेको छ । दुई युवतीलाई जवरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएर उनीहरुबाटै आर्थिक लाभ लिएको आरोपमा होटलकी सञ्चालक सीता तिम्सिनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
अर्जुनधारा नगरपालिका–११ स्थित नयाँ वसपार्कमा सञ्चालित होटलमा लामो समयदेखि एवान होटल एण्ड लजका सञ्चालक राजकुमार सिटौलासंगको मिलेमत्तोमा तिम्सिनाले ती युवतीलाई जवरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराई आर्थिक लाभ लिएको प्रहरीको आरोप छ । यस अघि पुस २४ गते एवान होटल एण्ड लजका सञ्चालक सिटौला होटलबाटै पक्राउ परेका थिए । कनकाई नगरपालिका –४ घर भई बिर्तामोडमा होटल सञ्चालन गर्दै आएका सिटौला र तेह्रथुम निवासी तिम्सिनाले होटलमा आएका व्यक्तिसंग जवरजस्ती यौनजन्य क्रियाकलावमा लाउने गरेको पीडित युवतीको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।
उनीहरुले कोठा भाडामा लिएर समेत ती युवतीलाई अनैतिक क्रियाकलावमा सम्लग्न गराउने गरेको प्रहरीले जनाएको छ । प्रहरीले होटलमा छापा मार्दा तिम्सिना फरार रहेकाले विशेष प्रहरीको सहयोगमा उनलाई काठमाडौंबाट आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
यस अघि पक्राउ परेका सिटौलालाई मानव बेचविखन तथा ओसार पसार मुद्धामा म्याद थप गरी कारवाही अघि बढाएको प्रहरी नायव उपरीक्षक कोइरालाको भनाईछ ।
पछिल्लो समय बिर्तामोडमा हुने यौनजन्य क्रियाकलाप रोक्न प्रहरीले विशेष अभियान चलाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडमा डीएसपी कोइराला आएसंगै होटलमा हुने यौनजन्य गतिबिधिमा निगरानी बढाईएको छ । अभियानका क्रममा दुई महिनामा होटल सञ्चालक सहित यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा झण्डै ९० जना पक्राउ परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्