जन्मदिन मनाउन बिद्यालयमा (फोटो फिचर)

<span class='c1'>जन्मदिन मनाउन बिद्यालयमा</span> <span class='c2'>(फोटो फिचर)</span>

सुमन सुस्केरा
विराटनगर, १७ माघ ।
कोही ब्यक्तीहरु यस्तापनि छन् जो जन्मदिनमा करोडौको पार्टी गरेर ठुलो धनराशी खर्च गर्छन् । तर हाम्रै नेपाली समाजमा यस्ता पनि  छन् जो जन्मदिनको नाममा खर्च हुने रकम सामाजिक काममा लगाउने । बुधवार त्यस्तै देखियो , बिराटनगर महानगरपालिका वडा नम्बर ५ मा रहेको आधारभुत प्राथमिक बिद्यालय कोचाखालमा । बिद्यालयको प्रङ्गणमा बिद्यार्थीहरु डेक्स बेन्चमा बसेर घामताप्दै गरेका । बिद्यार्थीको अगाडी केही ब्यानर टाँगिएको अनी ब्यानरको मुनी ५–७ जना अतिथीको रुपमा बसेका ।  विराटनगरका व्यवसायी चेतन निरौलाले आफ्नो जन्म दिनको अबसरमा बिद्यार्थीहरुको लागि जुत्ता वितरण गर्न लाग्नु भएको थियो । सरकारी विद्यालयमा अध्यनरत आर्थिक रुपले विपन्न परिवारका वालवालिकालाई २ सय जोर जुत्ता र मोजा वितरण गर्नुभयो।

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका उपाध्यक्ष र लायन्स क्लब अफ विराटनगर युनिकका चार्टर सदस्य समेत रहनु भएका निरौलाले आफ्नो ४४ औँ जन्म दिनको अबसरमा करिब १ लाख मुल्य वरावरको २ सय जोर जुत्ता र मोजा बालबालिकालाई हस्तान्तरण गरियो । निरौलाले बिद्यालयमै केक काटेर बालबालिकालाई समेत केक सुवाईएको थियो । तर यो कार्यक्रम भने आफै ब्यक्तिले नगरी लयन्स क्लब अफ विराटनगर युनिकले आयोजना गरेको थियो । 

निरौलासँगै उहाँकी श्रीमती प्रतिभा र छोरीहरु आयूसा र अनिसा, लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए वानका गभर्नर लिला ढुंगेल, लायन्स क्लब अफ विराटनगर युनिकका अध्यक्ष अजय दाहाल, लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ ए वानका रिजन चियर पर्सन नित्तम चौहान, लायन विनोद राउतलगायतले बालबालिकालाई बिद्यालय पोसाकमा प्रयोग हुने जुत्ता र मोजा वितरण गरेका हुन् ।
जुत्ता बितरण पछि लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ ए वानका गभर्नर लिला ढुंगेलले जन्म दिनलाई सामाजिक क्षेत्रमा काम गर्ने ब्यक्तिहरुको संख्या एकदमै न्युन रहेकोले यस्ता उदाहरण सबैले सिक्नु पर्ने बताउनुभयो । यस्ता समाज सेवा गर्ने परम्परा लायन्सका सदस्यहरुमा बस्दै गएकाले आर्थिक रुपमा विपन्न परिवारका वालवालिकालाई जाडोको समयमा स्कुल जुत्ता वितरण गरेर अर्को नयाँ कामको शुरुवाती भएको प्रशंसा गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक इन्दु पोखरेलले विद्यालयमा अध्ययनरत वालवालिका अभिभावक आर्थिक रुपले विपन्न भएको जानकारी दिँदै बिद्यालयमा जुत्ता वितरण गरेर उदाहरणीय कार्य भएको बताउनुभयो । निरौलाले बिगत ३ बर्ष देखि यसैगरी बिभिन्न क्षेत्रमा रहेका बालबालिका तथा बिपन्नसँग जन्मदिन मनाउँदै आउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्