उद्घाटनकाे चार वर्षसम्म पनि पाँचथरकाे बसपार्क प्रयोग विहीन

<span class='c1'>उद्घाटनकाे चार वर्षसम्म पनि</span> <span class='c2'>पाँचथरकाे बसपार्क प्रयोग विहीन</span>

पाँचथर, १७ माघ ।

पाँचथरको सदरमुकाम फिदिम–२ पल्लोटारमा निर्मित बसपार्क उद्घाटन भएको चार वर्षमा पनि प्रयोगमा आएको छैन । बसपार्कमा भौतिक पूर्वाधार विस्तार भइनसकेको भन्दै यातायात व्यावसायीले नै सवारी पार्किङ नगरेपछि बसपार्क प्रयोग विहीन बनेको हो । फिदिम बजारको अस्थायी बसपार्क साँघुरा भएकोले  विकल्पमा १९ वर्ष अघि निर्माण सुरु भएको वसपार्क सञ्चालनको लागि ७० सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाबाट उद्घाटन भएको थियो । हाल सञ्चालनमा रहेको अस्थायी बसपार्क फिदिम माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर सञ्चालन गरिएको हो । नयाँ बसपार्क निर्माणका लागि स्थानीय १० जनाले ८ रोपनि जग्गा नि:शुल्क प्रदान गरेका छन् ।

बसपार्क निर्माण सुरुभएपछि आसपासमा बजार विस्तार भएको छ । मेची राजमार्ग अन्तर्गत फिदिम बजारको भित्रि भागमा पर्ने बसपार्क प्रवेशद्धारको बाटो कालो पत्रे गरिएको छ ।  निर्माण सुरु भएदेखि राज्यको करोडौँ लगानी परिसकेको बसपार्क सञ्चालनका लागि सम्बन्धित निकायले वेवास्ता गरेको स्थानीयको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्