आमाको मृत्युपछि तिम्ल्याहाको विजोग (पत्रपत्रिका)

<span class='c1'>आमाको मृत्युपछि तिम्ल्याहाको</span> <span class='c2'>विजोग (पत्रपत्रिका)</span>

बाबुराम भण्डारी (उद्घोष दैनिक)
विराटनगर, १८ माघ ।
जन्मिएको छ दिनमा आमाको मृत्यू भएपछि परिवारका अरु सदस्यहरुको स्याहारमा रहेका तिम्ल्याहालाई हुर्काउन कठिन भएको छ । माघे संक्रान्तिको सा“झ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरमा जन्मिएका तिम्ल्याहा छोरीहरुलाई बेलाबेलामा विभिन्न समस्या हुने भएकोले हुर्काउन कठिन भएको बाबु प्रदिप तामाङले बताए । उनीहरु पछिल्लो पटक जण्डीसबाट ग्रसित भएको प्रदिपले बताए ।
आजको उद्घोष दैनिकले लेख्छ, उदयपुरको चौदण्डीगढी नगरपालिका–९ डुंगाका प्रदिप र अन्जु तामाङको दोश्रो सन्तानका रुपमा तिम्ल्याहा छोरी जन्मिएका थिए । २५ वर्षीया अन्जुले उनीहरुलाई सामान्य प्रसुतिबाटै जन्माएकी थिइन् । शरिरमा रगतको कमि भएकोले रगत चढाउने क्रममा अन्जुको स्वास्थ्य अचानक बिग्रिएको र उपचारकै क्रममा माघ ६ गते मृत्यु भएको थियो ।

जन्म दिने आमाकै निधन भएपछि बाबु र परिवारका अन्य सदस्यहरुको स्याहारमा हुर्किरहेका उनीहरुको तौल सामान्य रहेको र स्वास्थ्य अवस्था पनि खतरा बाहिरै रहेको थियो । तिम्ल्याहा छोरीलाई हाल सुनसरीको झुम्कास्थित मुल घरमा राखेर स्याहार र उपचार गरिरहेको बाबु प्रदिपले बताए । उनीहरुलाई तत्काललाई तयारी पौष्टिक दुध खुवाइरहेको प्रदिपले बताए ।
प्रदिपको पहिलो सन्तान छोरा ५ बर्ष पुगेका छन् । पत्नीको मृत्युपछि चार सन्तान हुर्काउन निकै चुनौति भएको उनको भनाई छ । ‘कहिले चिसो लाग्छ, कहिले पखाला लाग्छ, कहिले जण्डीस लाग्छ’ उनले भने– ‘तीनवटी छोरीलाई आमाको सहारा बिना हुर्काउन सारै गाह्रो भइरहेको छ ।’
आमाको मृत्यु भएपछि नोबेलले उनीहरुको उपचार पा“च बर्षसम्म निःशुल्क गरिदिने व्यवस्था मिलाएको जनाइएको छ । तर आर्थिक अवस्था कमजोर भएका कारण शिशुहरुलाई उपचारका लागि नोबेलसम्म पु¥याउन नसकेको उनको भनाइ छ । जण्डीस लागेका तिम्ल्याहाको न्वारान आज हु“दैछ भने तामाङ समुदायको परम्परा अनुसार अन्जुको काजकिरिया भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्