प्रदेश १ मा गुटको राजनीति, मुख्यमन्त्री को ? (पत्रपत्रिका)

<span class='c1'>प्रदेश १ मा गुटको राजनीति,</span> <span class='c2'>मुख्यमन्त्री को ? (पत्रपत्रिका)</span>

विराटनगर, १८ माघ ।
नेकपा एमालेको एकल बहुमत रहेको प्रदेश नम्बर १ मा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने देखिएको छ ।एमाले स्थायी कमिटिको सहमती नभएर निर्वाचनबाट संसदिय दलको नेता चयन गर्ने निर्णय गरिसकेको र मुख्य मन्त्रीका दाबेदारहरु पछि हट्ने अवस्था नदेखिएकोले निर्वाचनको संभावना बढेको हो । एमाले भित्र मुख्य मन्त्री सहमतीमै चयन गर्न दवाव परेपनि १ नम्बर प्रदेशमा मुख्य मन्त्रीको आकांक्षा राख्नेहरुपनि निर्वाचनमा जान तयार रहेको बताईएको छ । प्रदेशको संसदीय दलको नेता मुख्यमन्त्री बन्ने भएकाले दावेदारहरु पछि हट्ने संभावना छैन । जसले गर्दा प्रदेश सभाको पहिलो अधिवेशन पछि संसदिय दलमा मुख्यमन्त्री चयनका लागि निर्वाचन हुने संभावना छ ।

प्रदेशमा एमाले सचिव भीम आचार्य, पोलिटब्युरो सदस्य शेरधन राई, केन्द्रिय सदस्य जीवन घिमिरेले संसदीय दलको नेता दावी गरिरहेका छन् । राईले आफुलाई निर्वाचनको बेला देखि नै मुख्यमन्त्रीको रुपमा दावी गर्दै आएका हुन भने आचार्य र घिमिरे पछिल्लो समयमा आएर मुख्यमन्त्रीमा दावी गर्दै आएका छन् । पार्टीमा नेता माधव नेपाल निकटमानिएका आचार्य र घिमिरे स्वयम पनि कुनै पछि हट्ने पक्षमा छैनन । घिमिरे अन्य पद निश्चीत भए पछि हट्ने संभावना रहेको श्रोत बताउँछ । तर राई र आचार्य बिच नै टक्कर हुने बताईएको छ। नेपाल निकट आचार्य र ओली निकटका मानिएका राई दुबै आफैले जित्ने दावी गर्छन । (जनबिद्रोह दैनिकमा खबर छ)  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्