खोटाङ, १८ माघ ।
खोटाङको खोटेहाङ गाउँपालिका–२ दितुङमा आगलागी हुँदा चार लाख ६० हजार बरावरको क्षती भएको छ । स्थानीय चन्द्र बहादुर विश्वकर्माको भान्सा घरमा विहीबार दिउँसो आगलागी भएको हो । आगलागीबाट घर पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा आएको प्रहरी चौकी बाप्लुले जानएको छ।
यस्तै मोरङको कानपोखरी गाउँपालिका ७ आइतबारेमा आगलागी हुँदा युवराज भेटवालको कपडा पसल जलेर नष्ट भएको छ । दिउँसो २ बजेतिर विधुत सर्ट भइ अचानक लागेको आगोले उनको ७४० किलो सिरक बनाउने रुवा जलेर नष्ट भएको बताइएको छ। आगलागी प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी चौकी कानेपोखरीले जानाएको छ।