लायन्स उत्सव फागुन ५ गते विराटनगरमा हुने

<span class='c1'>लायन्स उत्सव फागुन ५</span> <span class='c2'>गते विराटनगरमा हुने</span>

विराटनगर, १९ माघ ।
विराटनगरमा लायन्स मल्टिपल फेस्टिवल विराटनगरमा हुने भएको छ । आगामी फागुन ५ गते हुने फेस्टिवलको बारेमा जानकारी दिन विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा लायन्स क्लव ईन्टरनेशनल ३२५ ए वानले देशभरका लायन्स र लियोको उपस्थीती हुने जानकारी दिएको हो । लायन्सका गभर्नर लिला ढुङगेलले शक्ति, साहस, ईमान्दार र कर्मप्रति प्रतिबद्ध रहेका सबै लायन्सहरु कार्यक्रममा सहभागि हुने जानकारी दिए । सन् २०१७/१८ लाई बिशेष गरी मनाउने कार्यक्रम अन्तरगत यो कार्यक्रम पनि परेको जानकारी दिए ।

उनका अनुसार फेस्टिवलमा सहभागि हुनको लागि देशभर रहेका पाँच हजार लायन्सहरु सहभागि हुनेछन् । यस फेस्टिवलले १ नम्बर प्रदेशमा रहेका ऐतिहाँसिक स्थानहरुको अवलोकन गर्ने गर्ने जानकारी दिईएको छ ।
एकदिने लायन्स उत्सवमा फुटवल, व्याडमिन्टन, टेवुल टेनिस, चेस, भलिवल, डोरी तान्ने, क्वीज, वक्तृत्वकला, मिजनेश सेमिनार, स्वेच्छीक स्टल, लायन्स फेलोसिप, सांस्कृतिक कार्यक्रम, खानाको स्टल समेत रहने आयोजकको भनाई छ । लायन्स क्लव अन्तराष्टिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका मल्टिपल काउन्सील चेयर पर्सन बालकृष्ण बुर्लाकोटीले चितवन, पोखरा पछि विराटनगरमा तेश्रो मल्टिपल फेष्टिवल हुन लागेको बताए । स्थानीय सांस्कृतीक पहिचानको परिचय दिन समेत यसरी यो कार्यक्रमले महत्व राख्ने उनको भनाइ छ । पाँच हजार लायन्स परिवार सहभागि हुने कार्यक्रमको लागि कार्यक्रम गर्न स्थल अभाव भएपछि डिपिएस स्कुलमा कार्यक्रमको आयोजना गरिएको उहाँले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्