यौनकर्मीलाई भेट्न जाँदा मोरङ कारागारबाट कैदी फरार भएको खुलासा

<span class='c1'>यौनकर्मीलाई भेट्न जाँदा मोरङ कारागारबाट</span> <span class='c2'>कैदी फरार भएको खुलासा</span>

विराटनगर, २० माघ ।
गएको सोमवार अस्पतालबाट भागेको भनिएका मोरङ कारागारका कैदी होटलबाट भागेको खुलेको छ । अीपताल जाने बहानामा यौनकर्मी महिलाको खोजीमा गएको उमेश चौधरी होटलबाटै भागेका हुन् । कारागारबाट आँखाको उपचार गर्ने वहानामा सुरक्षा सहित वाहिरिएका मोरङ उर्लावारी–७ का चौधरी सुरक्षामा रहेको प्रहरीलाई झुक्याएर भागेका थिए । विराट आँखा अस्पताल नजिकैको विराट गेष्ट हाउसमा पुगेको तीन घण्टापछि चौधरी भागेका थिए । अस्पतालबाट दिउँसो १२ बजेर १० मिनेट जाँदा बाहिरिएका चौधरी र उनको सुरक्षामा खटिएका प्रहरी हवल्दार असोक कुमार साह गेष्टहाउस पुगेका थिए ।

सुरक्षा श्रोतलाई उदृत गर्दै उद्घोष दैनिकले लेखेकोछ, यस अघिपनि नाईकेहरु उपचारको बहानामा बाहिर गई सँगै रहेका सुरक्षाकर्मीलाई प्रलोभनमा पारेर यौनकर्मी महिलाको खोजीमा हिड्ने गरेका थिए । हवल्दार साहलाई त्यही दिन देखि नियन्त्रणमा राखेर मोरङ प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्