पूर्वाञ्चल कलेज प्रिन्स र प्रिन्सेस विजेतालाई ५ लाखको जीवन विमा

<span class='c1'>पूर्वाञ्चल कलेज प्रिन्स र प्रिन्सेस विजेतालाई</span> <span class='c2'>५ लाखको जीवन  विमा</span>

प्रेम देवान

विराटनगर १९ माघ । पुर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स २०१८ को संस्करण हुने भएको छ । एड होम एडभरटाइजिङको आयोजनामा हुन लागेको पुर्वाअञ्चल कलेज प्रिन्सेसको चौथो र पूर्वाअञ्चल कलेज प्रिन्सको दोस्रो संस्कणको विराटनगमा हुने भएको छ ।

[caption id="attachment_46857" align="alignnone" width="1280"] गत सालकोे विजेता[/caption]

एड होम एडभरटाइजिङले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी पुर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स २०१८ को संस्करण हुने जनाएको हो । आगामी फागुन ७ गते देखि पहिलो चरणको छनोट विराटनगरमा हुने पुर्वान्चल कलेज प्रिन्सेसका कोरीयोग्राफर साजिद आलमले  सम्मेलनमा जानकारी दिए ।
पहिलो चरणको छनोट पस्चात इटहरी, धरान र दमकमा एकैसाथ छनौट गरिने आलमले बताए । विभिन्न स्थानमा अडिशन पछि प्रतियोगितामा २० जना युवा र २० जना युवती प्रतिस्पर्धाका लागि छनौट गरिने आयोजकले जनाएको छ । छनौट भएका प्रतियोगीलाई २२ दिन सम्म व्यक्तित्व विकास, सामाजिक सेवा, आउट डोर, ईन डोर फोटो सुट, क्याटवाक जस्ता रनवेयमा हिड्न सिकाईने छ ।
पुर्वाअञ्चल कलेज प्रिन्सेस र प्रिन्सको पहिलो विजेताले सानिमा इन्सुरेन्सको तर्फबाट ५ लाखको जीवन विमा र नगद २१ हजार  प्राप्त गर्नेछन् । अघिल्ला वर्षमा नगद र गिप्ट ह्म्पर पुरस्कार प्राप्त गर्दै आएका थिए भने यसपटक देखि विजेताको पहिलो पटक जीवन विमा पनि गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्