धरानमा क्रसकन्ट्री साईकल प्रतियोगिता हुने

<span class='c1'>धरानमा क्रसकन्ट्री साईकल</span> <span class='c2'>प्रतियोगिता हुने</span>

विराटनगर, २० माघ ।
साहसिक खेलको रुपमा लिने गरिएको साईक्लिङलाई साहसिक खेल पर्यटनको प्रवद्र्धन गर्न धरानमा प्रदेश नम्बर १ स्तरिय धरान क्रसकन्ट्री साईकल प्रतियोगिता हुने भएको छ ।
माघ २७ गते हुने साईकल प्रतियोगितामा प्रदेश नम्बर १ का ४० जना साईक्लिस्टहरुले सहभागिता जनाउने आज पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ । टस्क माउण्टेन बाईक स्टोर धरानको आयोजनामा हुन गईरहेको प्रतियोगितामा १२ वर्ष देखि ६० वर्ष उमेर समुहका महिला र पुरुषहरु बिच प्रतिष्पर्धा हुने भएको छ । प्रदेशलाई साइकलको शहर बनाउने अभियान स्वरुप स्वस्थ्य साइकल दौड प्रतियोगिताको आयोजना गरिन लागेको हो । विश्व साइकलयात्री पुष्कर शाहको प्रमुख आतिथ्यमा हुने साईकल प्रतियोगितामा प्रथम हुनेलाई ८ हजार, दोस्रोलाई ६ हजार र तेस्रोलाई ४ हजार रुपैयाँ बराबरको सपिङ भौचर प्रदान गरिने भएको छ । त्यस्तै प्रोत्साहन पुरस्कार स्वरुप ३ जनालाई जनही २ हजार रुपैया बराबारको सपिङ भौचर प्रदान गरिने आयोजनकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्