बुढीगंगाको मनमोहन पोलिटेक्निक भारतीयको अनुभव लिने ठाउँ

<span class='c1'>बुढीगंगाको मनमोहन पोलिटेक्निक भारतीयको</span> <span class='c2'>अनुभव लिने ठाउँ</span>

सुमन सुस्केरा
वुढीगंगा, २० माघ ।
मोरङको वुढीगंगा गाउँपालिका वडा नम्बर ४ मा रहेको मनमोहन पोलिटेक्निक कलेजमा भारतीय अधिकारीहरुले अवलोकन गरेका छन् । विराटनगरमा रहेको भारतीय दुतावासको सम्पर्क कार्यालय तथा भारतीय विभिन्न कलेजबाट आएको अधिकारी सहितको टोलीले कलेजको अबलोकन गरेको हो ।
नेपाल सरकार, भारतीय सरकार र मनमोहन स्मृती प्रतिष्ठानको त्रिपक्षिय सम्झौता अनुसार पोलिटेक्निकको स्थापनासँगै सिटिईभिटीबाट सम्बन्धन लिएर पठन पाठन गराउँदै आएको छ। पुर्वकै नमुनाका प्रबिधिक शिक्षालयको रुपमा लिईएको मनमोहनमा बिभिन्न समयमा भारतिय पक्षले अवलोकनको लागि शिक्षा क्षेत्रमा योगदान दिँदै आएका ब्यक्तिहरुलाई लिएर आउने गरेको छ ।
गाउँमा रहेको कलेजले पनि प्राबिधिक क्षेत्रमा राम्रो गर्न सक्छ भन्ने उदाहरण मनमोहन कलेज दिएको अवलोकन पछि एम्बेसी अफ ईण्डिया क्याम्प कार्यलयका प्रमुख निरज कुमार जयसवालले बताए । भारतीय परराष्ट्र मन्त्रालय अन्तरगत रहेको प्राईभेट ईन्स्टिच्युटका अबलोकन सरकारी अधिकारी विके आनन्दले प्रबिधि मैत्री रुपमा पठन पाठन भएकोमा पोलिटेक्निकको प्रशंसा गरेका थिए ।
भारतका बिभिन्न विश्वविद्यालयमा आबद्ध रहेका प्रविधिक बिषय पठन पाठन गराउने टेक्निकल कलेजहरुका बिषय बिज्ञहरुसँग अनुभव आदान प्रदान कार्यक्रमका रुपमा समेत कार्यक्रमलाई लिईएको थियो ।साविकको हात्तिमुडा गाउँविकस समितिमा २०६५ सालमा स्थापना भएको पोलिटेक्निकले ४ वटा बिषयमा पठन पाठन गराउँदै आएको छ। साथै अल्पकालिन तालिम समेत संचालन गर्दै आएको कलेजको प्रिन्सीपल डा.सुवास पोखरेलले जानकारी दिए ।
प्राबिधिक बिषयको पठन पाठन सँगै यस कलेजले आर्थिक, सामाजिक,साँस्कृतीक सद्भावसँगै औद्योगिक विकासमा समेत योगदान दिँदै आएको प्रतिष्ठानका सदस्य तथा पोलिटेक्निकका जनसम्पर्क प्रमुख सत्यनारायण चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्