राष्ट्रिय सभा निर्वाचन : मोरङका जनप्रतिनिधि भोट हाल्न सिक्दै

<span class='c1'>राष्ट्रिय सभा निर्वाचन : मोरङका</span> <span class='c2'>जनप्रतिनिधि भोट हाल्न सिक्दै</span>

विराटनगर, २० माघ ।
निर्वाचन आयोगले मोरङ जिल्लाका प्रदेश संसद, स्थानीय तहका प्रमुख तथा उप प्रमुखलाई राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने वारेमा जानकारी गराएको छ । क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरले एक कार्यक्रमको अयोेजना शनीवार एकल संक्रमणिय प्रणली तथा महुमती प्रणलीको आधारमा मतदान गर्ने तरिका बारे जानकारी गराएको हो ।राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्दा धेरै भोट हरु बदर हुन सक्ने भएकोले स्थानीय तहका जन प्रतिनिधि तथा प्रदेश संसदलाई त्यस बारेमा जानकारी दिईएको हो ।
स्थानीय तहका पूमख तथा उप प्रमुखले अहिलेको एकल संक्रमणिय प्रणालीका आधारमा मत हाल्ने बिषयमा अन्यौल रहेको बताए । प्रदेश संसदको कमै मात्रामा सहभागिता रहेको कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उप प्रमुखहरुको भने उपस्थीती रहेको थियो ।


कार्यक्रममा जन प्रतिनिधिलाई भोट हाल्ने बारेमा जानकारी दिँदै क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेम प्रसाद सञ्जेलले बहुमतीय आधारमा भन्दा एकल संक्रमणिय आधारमा असजिलो लाग्नु स्वभाविक भएकोले अभिमुखिकरण गर्नु परेको भताए । राष्ट्रिय सभा निर्वाचन १ नम्बर प्रदेश निर्वाचन अधिकृत राजुकुमार खतिवडाले २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा दलित र अल्पसंख्यक÷अपाङ्गता भएका मध्य २ सदस्यको लागि मात्र निर्वाचन हुने भएको जानकारी दिए ।

महिला र अन्य गरी ६ सिट निर्विरोध निर्वाचित भईसकेकोले २ पदको लागि मात्र निर्वाचन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्