१ नम्बर प्रदेश सभा संसद भवनमा सुरक्षा ब्यवस्था फितलो

<span class='c1'>१ नम्बर प्रदेश सभा संसद</span> <span class='c2'>भवनमा सुरक्षा ब्यवस्था फितलो</span>

सुमन सुस्केरा
विराटनगर, २० माघ ।
प्रदेश नम्बर १ को प्रदेश संसद सभा भवनमा सुरक्षा ब्यवस्था फितलो देखिएको छ । जिल्ला समन्वय समितिको कार्यालय र संसद सचिवालय तथा संसद भवन सँगै हुँदा सुरक्षा चुनौती बढ्ने देखिएको छ । संसद भवनलाई सुरक्षाको हिसावले संबेदनशिल मानिन्छ तर जिल्ला प्राबिधिक कार्यालय, जिल्ला समन्वय समिति, संसद सचिवालय तथा संसद सभाहल एउटै भवनमा हुँदा समस्या देखिएको हो ।


संसद भवन हाता भित्र संसदीय मामिलाका ब्यक्ती बाहेक न्य ब्यक्ती जान पाउँदैनन । भित्र प्रवेश गदौ संसदले पनि सुरक्षा जाँच गराएर जानु पर्ने बाध्यात्मक ब्यवस्था हुन्छ । तर सोमबार बस्ने संसदभवन बैठकमा । असम्बन्धीत ब्यक्ती पठाउन पाईँदैन । चारैतिर सुरक्षाको ब्यवस्था मिलाउनु पर्नेहुन्छ संसद बैठक बस्न एकदिन मात्र बाँकी रहँदासम्म पनि एकजनालाई पनि सुरक्षाकर्मी मुलगेटमा देखिँदैनन् । सभाहल भित्र कुकुरले ल्याएर सुरक्षाको अबस्थाकोबारेमा मापन गरिनुपर्ने हुन्छ । तर कुनै पनि बिधि अपनाईएको छैन । संसद भवन भित्र सभाबस्ने स्थलको तयारी पुरा भईसकेको छ, संसद सचिवालयले काम शुरु गरिसकेको अबस्था छ । तर सुरक्षाको ब्यवस्थामा ध्यान दिन सकेको देखिँदैन।
संसद सचिवालयका कर्मचारीहरु पनि सुरक्षाको अबस्था देख्दा अन्यौलमा छन् । संसद भवन निर्माणको काम पुरा भईसकेको अबस्थामा पनि बाहिरी मान्छेहरु बाहिर भित्र गर्दा भोली सुरक्षाको हिसावले कामै गर्न गाह्रो हुने बताउन थालेका छन् ।


मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले सुरक्षाको बिषयमा संरद सभा भवनको लागि दुई सय सुरक्षाकर्मी परिचालित गर्ने बताएको २ दिन बितिसक्दा पनि अहिले सम्म सुरक्षाको बिषयमा प्रहरी संसद सभा भवनमा पुगेका छैनन । तत्कालको लागि ब्यवस्थापनको लागि काम भईरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्